• माघ २८, २०८०
  • जुनकिरी खबर

इटहरीमा विद्यार्थीको नयाँ ड्रेस यस्तो हुनेछ !

alt

इटहरीका सबै विद्यालयका विद्यार्थीहरुले आगामी शैक्षिक सत्र २०८१ बाट गाडा निलो कोटपेन्ट र आकाशे निलो रंङको सर्ट लगाउनुपर्नेछ ।छात्राहरुले लगाउने फ्रकको रङ गाडा निलो तोकिएको छ । उपमहानगरपालिकाको नगर शिक्षा समितिको निर्णय अनुसार अब विद्यार्थीहरुले नयाँ ड्रेस लगाउनुपर्ने भएको हो । समितिले तोकेको पोसाक अन्र्तगत, मौसम अनुसार जाडो महिनामा गाडा निलो रङको ज्याकेट, निलो स्विटर लगाउनुपर्ने छ । जुत्ता कालो लगाउनुपर्ने छ, जसमा मोजा भने निलो हुनेछ । 

विद्यार्थीहरुले गाडा निलो र आकाशे निलो मिक्स रङको बेल्ड लगाउनुपर्नेछ । यो बेल्डमा भने विद्यालयहरुले आफ्नो स्कुलको लोगो राख्न सक्नेछन् । 

विद्यार्थीहरुले टाई लगाउन पाउने छैनन् । त्यसको सट्टा कालो भादगाउँले टोपी लगाउनुपर्नेछ ।  हप्ताका सात दिन मध्ये मंगलबार र शुक्रबार भने सेतो सर्ट, सेतो पेन्ट, सेतै जुत्ता र मोजा लगाउनुपर्ने छ । 

यी ड्रेस कोड नगर शिक्षा समितिको बैठकले निर्णय गरी लागु गरेको हो । इटहरी उपमहानगरपालिकामा ३६ सामुदायिक र  १३४ निजी गरी १७० विद्यालय छन् । यी विद्यालयमा अध्ययन गर्ने करिव ६३ हजार ५ सय २६ जना विद्यार्थीहरुले अब माथी उल्लेखित ड्रेस लगाउनेछन् । 

उपमहानगरको नगर शिक्षा समितिको निर्णय अनुसार अब विद्यालयहरुले बर्षैपिछे भर्ना शुल्क लिन पाउने छैनन् । कुनै विद्यालयमा भर्ना भएको समयमा एक पटक मात्र भर्ना शुल्क लिनुपर्नेछ ।

इटहरीका निजि विद्यालयहरुले प्रत्येक बर्ष माथिल्लो कक्षा वृद्धि हुँदा भर्ना शुल्क लिने गरेका छन् । अभिभावकले प्रत्येक बर्ष विद्यार्थीको भर्ना शुल्क तिर्नुपर्ने बाध्यता थियो । 

तर अब पटक पटक भर्ना शुल्क तिर्नुपर्ने छैन । एक पटक भर्ना भएको विद्यार्थी सोही विद्यालयमा कक्षा १२ सम्म पढ्छ भने उसलाई पुनः भर्ना शुल्क लिन पाईनेछैन । यस्तै निजि विद्यालयहरुले आफुखुसी विभिन्न बाहनामा शुल्क लिन पाउने छैनन् । नगर शिक्षा समितिले तोकेको मासिक शुल्क र अन्य शुल्क मात्रै लिन पाउने उपमहानगरले निर्णय गरेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोण दाहालले जानकारी दिए । 

निजि विद्यालयहरुको मासिक शुल्क तथा अन्य लिने शुल्क निर्धारणका लागि उपमहानगरले प्रकृया सुरु गरेको छ । आगामी शैक्षिक सत्रमा लिने शुल्कको प्रस्ताव पेश गर्न उपमहानगरले आह्वान गरिसकेकोछ ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]