• फागुन १, २०८०
  • जुनकिरी खबर

सुनसरी प्रहरीले झन्डै २ करोड नक्कली नोट पक्रियो

alt

सुनसरी प्रहरीले ठुलो परिमाणमा नक्कली नेपाली नोट सहित पक्राउ परेका एक भारतीय नागरिकलाई सार्वजनिक गरेको छ । प्रहरीले आइतबार बिहान भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको थियो । फेला पारेको नोट सबै एक हजार दरको रहेको प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । 
 
पक्राउ पर्नेमा भारतको बिहार सुपौलस्थित वीरपुर बस्ने २२ वर्षीय छोटु भनिने मोहम्मद शैयाद रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।
शैयादले चलाएर ल्याएको बीआरआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कारपियो गाडीलाई इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुल नजिक चेकजाँचको क्रममा नक्कली नोट बरामद भएको हो ।
 
भारतीय नम्बरको उक्त गाडी भण्टावारी नाकाहुदै पूर्व तर्फ आइरहेको र गाडीको आजसम्म भन्सार पास रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
नक्कली नोट सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको रेग्मीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]