• फागुन १, २०८०
  • जुनकिरी खबर

दुहबीमा ३५ करोड मूल्य पर्ने जग्गा चौधरी ग्रुपको कब्जामा !

alt

अर्बपति विनोद चौधरी र उनका भाइ अरुण चौधरीसहित (चौधरी ग्रुप)ले काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हत्याएको विषयमा सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ । यो प्रकरणसँग चौधरी ग्रुपले देशका अन्य ठाउँमा पनि सरकारी जग्गा हडपेको सूचना आइरहेको छ ।

सुनसरीको दुहबीमा पनि गैरकानुनी रुपमा ११ कठ्ठा १३ धूर जग्गा चौधरी ग्रुपले हडपेको पाइएको छ । उक्त विषय सुनसरीस्थित अख्तियार अनुसन्धान आयोगमा पनि पुगेको छ । अख्तियारले छानविन गरिरहेको स्रोतको दाबी छ ।

सुनसरीको दुहबी आदर्श गाविस वडा नम्बर ७ (हाल दुहबी नगरपालिका ५) मा रहेको जग्गा विनोद चौधरी र बसन्त चौधरीले बुबा लुनकरण दास र आमा गंगादेवी चौधरीको नाममा ‘लुनकरण दास–गंगादेवी चौधरी च्यारिटी हस्पिटल’ बनाउने भन्दै आफ्नो नाममा लगेको देखिन्छ । गाविसको नाममा रहेको उक्त जग्गा हस्तान्तरणको लागि गाविसका अध्यक्ष धु्रवनारायण विश्वास, उपाध्यक्ष गौरीशंकर रौनियारसहित ११ जनाले हस्ताक्षर गरेर निर्णय गरेको पाइएको छ ।

तत्कालीन दुहवी आदर्श गाविसका नाममा रहेको ७ (ख) कि.न.१९ ज.वि (०–९–८) ९ कट्ठा ८ धुर जग्गा र त्यहाँ रहेको भवन चौधरी ग्रुपले २०५० साल चैत २३ गते १ लाख रुपैयाँ गाविसलाई दिएर च्यारिटीको नाममा जग्गा लगेको हो । उक्त जग्गामा अस्पताल सञ्चालन गर्ने चौधरी ग्रुपको शर्त थियो । दुहबी बजारदेखि करिब डेढ सय मिटर नजिकमा रहेको जग्गामा केहि समय अस्पताल सञ्चालन गरिएको भएपनि अहिले बन्द छ ।

च्यारिटीको नाममा जग्गा दिन तत्कालिन जनप्रतिनिधिसहित ७० जनाले समर्थन गरेका थिए । २०४९ साल चैत्र ४ गते बुधवार तत्कालीन दुहवी गाविसको बैठकले जग्गा दिने निर्णय गरेको थियो । निर्णयमा भनिएको छ ‘दुहवी आदर्श गाविस वडा नम्बर ७ (ख) कि न.१७, १८ र १९मा रहेको अधुरो अस्पताल भवन गाविसको आर्थिक अवस्थाको कारण पुरा हुन नसकेकोले उक्त अधुरो भवनमा श्री चौधरी ग्रुप एवम् उद्योगपति तथा समाजसेवी वसन्त चौधरीज्यूले आफ्नो निजी स्रोतमा उक्त अधुरो अस्पताल भवन पुरा गरी लुनकुरण दास गंगादेवी चौधरी च्यारीटी अस्पताल नामक अस्पताल समेत सञ्चालन गर्न इच्छा व्यक्त गर्नुभएको हुँदा उक्त अधुरो अस्पताल भवनको निर्माण कार्य पुरा गरी अस्पताल सञ्चालन समेतको सम्पूर्ण दायित्व श्री चौधरी ग्रुपमा रहनेगरी अस्पताल सञ्चालन गर्न अनुमति दिने सर्वसम्मतिबाट निर्णय गरियो ।’

सोही बैठकले तत्कालीन गाविस अध्यक्ष धर्मनारायण विश्वासको अध्यक्षतामा तीन सदस्य अस्पताल पुनः निर्माण समिति समेत बनाइएको थियो । त्यसको सदस्यहरूमा हरि लम्साल र राम प्रसाद रौनियार थिए । यद्यपि सबै निर्णय गर्ने अधिकार भने अध्यक्षलाई नै दिइएको थियो ।

२०४९ चैत ६ गते शुक्रबार बसेको बैठकले भने चैत ७ गते शनिबार स्वामित्व हस्तान्तरण गर्नका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बोलाउने निर्णय गरेको थियो । कोइरालाले जग्गाको स्वामित्व च्यारिटीलाई हस्तान्तरण गरेका थिए भने अस्पतालको उद्घाटन भने तत्कालिन युवराज दिपेन्द्र शाहबाट गरिएको थियो ।

अहिले च्यारिटीले जग्गामा अस्पताल पनि सञ्चालन नगरेकोले जग्गा फिर्ता गर्न दुहबी नगरपालिकाले ताकेता गरिरहेको जनाएको छ । तर, चौधरी ग्रुपले नसुनेको पालिकाका प्रमुख बेदनारायण गच्छदारले बताएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]