• फागुन ३, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेश सरकारले सोचे अनुसार काम गर्न नसक्ने !

alt

कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट १२ प्रतिशतले कम हुने संशोधित अनुमान गरेको छ । यद्यपि संघ सरकारले अनुदान कटौती हुनसक्ने बताएको कारण संशोधित अनुमान अझै कम हुनसक्ने प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ ।

‘अर्धवार्षिक समीक्षा भइसकेको छ । प्रतिवेदन प्रकाशन गर्न मात्रै बाँकी छ । प्रकाशनको चरणमा छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘एक–दुई दिनमा प्रकाशत हुन्छ । मुख्यमन्त्रीज्यूले यसको सार्वजनिक गर्नुहुनेछ ।’

गत वर्षको यो महिनासम्मको खर्च, आम्दानीको अवस्था र चालू आर्थिक वर्षको आम्दानी र खर्चको अवस्था हेरेर सरकारले बजेटको संशोधित अनुमान गर्दछ । बजेट कन्ट्रोल गर्नका लागि पनि बजेटको समीक्षा आवश्यक छ । केन्द्र सरकारले १७ प्रतिशतले संघ सरकारको बजेटको संशोधित अनुमान गर्दै अर्धवार्षिक समीक्षा सार्वजनिक गरिसकेको छ ।

आर्थिक मामिला मन्त्रालयका शाखा अधिकृत विदुर पौडेलले प्रदेशमा संघको जस्तो स्रोतमा त्यति धेरै फरक नपर्ने बताए । ‘तर, संघले अनुदान कटौती हुनसक्ने जनाएको छ । चिठी नआइसकेको हुँदा अहिले नै संशोधित गर्ने कुरा भएन’ उनले भने, ‘संघको जस्तो धेरै तल अनुमान नहोला ।’ संघीय सरकारले भने झण्डै १५ प्रतिशक बजेटको आकार घटाएर संशोधित अनुमान सार्वजनिक गरेको छ ।

प्रदेशमा चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको थियो । जसमा चालूतर्फ १६ अर्ब ४२ करोड १७ लाख ९ हजार रुपैयाँ, पूँजीगततर्फ २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ छ ।

बजेटमध्ये हालसम्म चालूतर्फ ५ अर्ब ७० करोड ४७ लाख ५५ हजार २२१ रुपैयाँ अर्थात् ३४.७३ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ ३ अर्ब ५२ करोड २१ लाख २७ हजार १०१ रुपैयाँ अर्थात १७.२७ प्रतिशत मात्र बजेट खर्च भएको छ । वित्तीय खर्च नदेखिएको प्रदेशमा हालसम्म जम्मा खर्च ९ अर्ब २२ करोड ६८ लाख ८२ हजार ३२२ रुपैयाँ अर्थात् २५ प्रतिशत मात्रै भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]