• फागुन ८, २०८०
  • जुनकिरी खबर

कोशीका मुख्यमन्त्री कार्कीलाई मोर्चा बन्दी गदै काग्रेस

alt

कोशी प्रदेश सरकार परिवर्तनको विषयमा नेपाली काङ्ग्रेसको महासमिति बैठकमा मोर्चा बन्दी गर्ने तयारी भएको छ । नेपाली काँग्रेसकै नेतृत्वमा कोशी प्रदेश सरकार भए पनि यो सरकार जनताको सरकार नभएको भन्दै महासमिति बैठकमै सरकारका विरुद्ध मोर्चा बन्दीको तयारी भएको हो ।
सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कार्कीले पार्टी र संसदीय दलसँग कुनै छलफल नगरेको भन्दै सरकार परिवर्तन गर्न महासमिति बैठकमै कुरा उठाउने तयारी भएको काँग्रेसका एक प्रदेश सभा सदस्यले बताए । 
 
कोशीका मुख्यमन्त्री केदार कार्की नेपाली काँग्रेसको संस्थागत निर्णय विरुद्ध विद्रोह गर्दै असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेका ३९ जना प्रदेश सभा सदस्यहरूले समर्थन गरेका थिए । एमालेको समर्थनमा संविधानको धारा १६५९५० अन्तरगत मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई पछि काँग्रेसले समेत विश्वासको मत दिएको थियो । विश्वासको मत दिएपछि नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले ८ भाइले विद्रोह गरी युद्ध जितेकाले आफूहरूले स्वागत गरेको टिप्पणी गरेका थिए । 
 
तर सरकार विस्तार लगायतका विषयमा कार्कीले एकलौटी ढङ्गले काम गरेको भन्दै संस्थापन पक्ष कार्कीसँग क्रुद्ध बनेको छ । केही दिन अघि भएको सरकार विस्तारमा कार्कीले आफूलाई साथ दिएकाहरूलाई मात्रै मन्त्री मन्त्री बनाएपछि काँग्रेस भित्रै सरकार फेर्न चरम दबाब सुरु भएको छ । यही दबाबका कारण महासमिति बैठकमै यो बिषय प्रवेश पाउने संसदीय दलका नेता उद्धव थापाले बताए । उनले भने यो सरकार जनताको सरकार भएन ।
 
यो प्राइभेट कम्पनी जस्तो भयो । उनले प्राइभेट कम्पनीको सरकार धेरै दिन नटिक्ने बताए । उनले भने,‘ यो गठबन्धनको सरकार पनि होइन । यो सरकार काङ्ग्रेसको पनि रहने । प्राइभेट कम्पनीले सरकार चलाउन सक्दैन ।’प्राइभेट कम्पनीको सरकार परिवर्तनका विषयमा महा समिति बैठकमा कुरा उठ्ने र बैठक पछि सिन फेरिने थापाको दाबी छ । उनले भने,‘सरकार परिवर्तन आवश्यक छ । यसका लागि महासमिति बैठक सकियोस् ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]