• फागुन ८, २०८०
  • जुनकिरी खबर

लालविक्रमलाई रास्वपाले गर्‍यो कारबाही

alt

इटहरीको जनता माध्यमिक विद्यालयलाई जग्गा भाडा बापत तिर्नुपर्ने करिब ४६ लाख बढी पैसा नतिरेपछि विवादित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेशका महामन्त्री लालविक्रम थापालाई पाटीले कारबाही गरेको छ । लालविक्रमले विद्यालयलाई ३ वर्ष ७ महिना(माघ सम्म) महिनाको करिब ४६ लाख २२ हजार ५ सय जग्गा भाडा बापतको रकम तिर्नुपर्ने देखिन्छ । तर भाडा बापतको रकम नतिरी अटेर गर्दै आएका लालविक्रमलाई रास्वपा कोसी प्रदेशले कारबाही गर्दै जिम्मेवारीबाट हटाएको छ । 

पार्टीले जिम्मेवार बनेर सकेसम्म आफै मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको र पार्टीको फेसबुक पेज दुरुपयोग गरेको आरोपमा उनीमाथि कारबाही गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 
रास्वपाका कोसी प्रदेश प्रवक्ता, कमलबाबु मैनालीले प्रेस विज्ञप्ति प्रकाशित गरी जिम्मेवारीबाट हटाइएको जानकारी दिएका छन् । 
 
प्रवक्ता मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको,‘ पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गरी केन्द्रीय अनुशासन विभाग को प. स. ०८०÷८१ च. न. ८० मिति २०८०÷११÷०७ को पत्र अनुसार कोसी प्रदेश समितिको महामन्त्री तथा सदस्य पद बाट अर्को निर्णय नआइन्जेल सम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौ ।’
 
अब उप्रान्त निज लाल विक्रम थापा बाट रास्वपाको प्रतिनिधि स्वरूप गरिएका पार्टी सङ्ग सम्बन्धित कुनै पनि कार्यहरूलाई आधिकारिकता प्रदान नगर्ने पनि जारी विज्ञप्तिमा भनिएको छ । 
 
इटहरी उपमहानगरपालिका वडा नं. ९ मा रहेको जनता माध्यमिक विद्यालयको करिब २ कट्ठा जग्गा लालविक्रम सञ्चालक रहेको सनमुन प्लाजाले ५ वर्षका लागि सम्झौता गरी भाडामा लिएको थियो । 
 
वि.स. २०७६ साल साउन १ गते विद्यालय र लालविक्रमको सनमुन प्लाजा बिच भाडामा लिने दिने विषयमा सम्झौता भएको थियो । मासिक १ लाख ७ हजार ५ सय भाडाका दरले ५ वर्षका लागि सम्झौता भएको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए ।  
 
तर लामो समय भई सक्दा पनि उनले विद्यालयलाई बुझाउनुपर्ने मासिक भाडा बुझाएका थिएनन् । लालविक्रमले भाडामा लिएको दिन देखी २०८० माघ महिना सम्म विद्यालयलाई ३ वर्ष ७ महिनाको मासिक १ लाख ७ हजार ५ सयका दरले हुन आउने कुल ४६ लाख २२ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने देखिन्छ । 
 
तर उनले विद्यालयलाई हाल सम्म किस्ता किस्ता गरी करिब ७ लाख ४९ हजार पैसा दिएको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए । मासिक भाडा नदिए पछि विद्यालयले लालविक्रमलाई भाडा तिर्न आउन भनी २ वर्ष अघि वि.स.२०७८ सालमै पत्र काटेको प्रधानाध्यापक सिग्देलले जानकारी दिए ।  तर उनले अटेर गर्दै आएका थिए । 
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]