• भदौ ५, २०७६
  • जुनकिरी खबर

म्यानपावरले धरौटीको ब्याज नपाउने

alt

अन्ततः म्यानपावर कम्पनीलाई आफ्नो धरौटीको ब्याज नपाउने भएका छन् । सरकारले ल्याएको वैदेशिक रोजगार नियमावलीको संशोधनले म्यानपावरको धरौटीको परिचालनका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।

व्यवसायीहरुले धरौटी रकमको ब्याज आफैंले पाउनुपर्ने माग अघि सारेका थिए ।  तर, नियमावलीले व्यवसायीले राख्दै आएको माग सम्बाधेन गरेन । व्यवसायीले भदौ १८ गतेसम्म संशोधित ऐनअनुसार धरौटी बढाउन म्याद पाएका छन् ।

संशोधित नियमावली अनुसार अब विभागमा व्यवसायीले बुझाउने धरौटी रकमको ९० प्रतिशत बैंकमा मुद्दति खाता खालेर जम्मा गर्ने छ । त्यसबाट प्राप्त हुने ब्याजको ७५ प्रतिशत रकम वैदेशिक रोजगार कल्याणकारी कोषमा जाने छ ।

वैदेशिक रोजगार कल्याणकारी कोष विदेशिने कामदारलाई उद्धार, विरामी तथा घाइते कामदारको उपचार तथा क्षतिपूर्ति र मृत भएकाहरुको परिवारलाई क्षतिपूर्ति दिलाउन उपयोग गरिन्छ ।

ब्याज बापतको बाँकी २५ प्रतिशत रकम भने विभागले वैदेशिक रोजगार व्यवसाय कोष खडा गरेर जम्मा गर्नेछ ।

सो २५ प्रतिशत ब्याजको रकम म्यानपावर व्यवसायीको क्षमता अभिवृद्धि, कल्याणकारी कार्य र वैदेशिक रोजगार सन्बन्धी अध्ययन अनुसन्धान खर्च गर्न सकिने व्यवस्था नियमावलीले गरेको छ ।

श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन संशोधन गरी धरौटी र बैंक ग्यारेन्टी रकम बढाएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]