• फागुन १२, २०८०
  • जुनकिरी खबर

धरान रनको उपाधि जुलियस र सन्तोषीलाई

alt

१२औँ धरान १०-के रनको उपाधि कन्याली धावक जुलियस मुरिउकी र महिला तर्फ सन्तोषी श्रेष्ठले चुमेकी छन् । पुरुष विजेता अफ्रिकी मुलुक केन्याका धावक हुन । महिला विजेता श्रेष्ठ दक्षिण एसियाली म्याराथनकी स्वर्ण पदक विजेता हुन । उनले पोखरा अन्तर्राष्ट्रिय हाफ म्याराथनकी विजेताको पदक पनि हासिल गरेकी छन् ।

शनिवार बिहान भएको नेवा च्यारिटी रनको १० किलोमिटर दूरी मुरिउकीले ३२ दशमलव ५० मिनेटमा पुरा गरेका हुन । उनले उपाधिसँगै ६० हजार रुपैयाँ प्राप्त गरे ।

सन्तोषीले ३८ दशमलव ८ मिनेटमा उक्त दूरी पुरा गरेकी थिइन् । यसअघि १० किलोमिटर दौडमा मुरिउकीले सन २००७ मा २८ दशमलव ४९ मिनेट, २००८ मा २९ दशमलव ९ मिनेट र सन २०१० मा २९ दशमलव १३ मिनेट रेकर्ड बनाएका थिए ।

टाइमिङ चिप सिस्टममा दौडिएका ३ हजार ६ सय धावकले धरानको १० किलोमिटर दूरी पार गरे ।

भानुचोकबाट बिहान ७ दशमलव ३० मिनेटमा सुरु भएको दौड ३४ मिनेटमा पुरा गरेर प्रशान्त तामाङ दोस्रो बने । उनले मेडलसँगै ४० हजार रुपैयाँ प्राप्त गरे ।

तेस्रो बनेका पवन राईले ३४ दशमलव ११ मिनेटमा निर्धारित दूरी पुरा गरेका थिए । उनले ट्रफी, मेडलसँगै ३० हजार रुपैयाँ प्राप्त गरे ।

स्पर्धामा ह्वील चियर दौडसँगै १६ देखि ३९ वर्ष उमेर समूहमा खुल्ला दौड आयोजना गरिएको थियो । जसका विजेता महिला पुरुष दुवै विधामा प्रथम, दोस्रो, तेस्रो हुनेले जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।

१२ देखि १५ वर्ष उमेर समूहका धावकले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]