• फागुन १३, २०८०
  • जुनकिरी खबर

इटहरीमा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु

alt

इटहरीमा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । इटहरीको पश्चिम लाइनस्थित राजस्व ढाट नजिकै आज (आइतबार) दिउँसो ना ६ ख ६५७५ नम्बरको मालबाहक ट्रकले प्रदेश १-०२-०४६ प २८६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार युवकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरी ५ का ३१ वर्षीय रोबिन राई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले पुष्टि गरे ।

उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

ट्रक र चालक झापाको अर्जुनधारा ९ का ठाकुरलाल तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]