• फागुन १४, २०८०
  • जुनकिरी खबर

सुनसरीमा थाल्यो सीमा पैदल यात्रा

alt

भारतीय सिमा सुरक्षा बल एसएसबीका कारण सीमा क्षेत्रका नेपालीले दुःख पाउने क्रम अझै नरोकिएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् । एसएसबीले नाकामा नेपालीलाई पटक पटक कुटपिट गर्ने र लुट्ने गरेको भन्दै भारतसंग सीमा जोडिएको सुनसरीका स्थानीयले नेपालीमाथी पटक पटक एसएसबीबाट दुव्र्यवहार हुनेक्रम नरोकिएको बताए । जिल्ला सुरक्षा समितीले सुनसरीमा सुरु गरेकोे सीमा पैदल यात्रा तथा अन्र्तक्रिय कार्यक्रममा भारतीय ज्यादती रोक्न केन्द्रियस्तरबाटै पहल गर्न पनि स्थानीयले माग गरेका हुन् ।

दुईदेशको सीमा नाका खुल्ला भएका कारण नेपाली रोजगार र किनमेलका लागि नाकामा पुग्ने गरेका छन् । तर नाकामा भारतीय सुरक्षा बल एसएसबीले दुव्र्यवहार गर्ने क्रम नरोकिएको स्थानीय कासिम मियाले बताए । केहीदिनअघि पनि एसएसबीले नेपाल प्रवेश गरेर परिवारका सदस्यहरुमाथी कुटपिट गरेको उनले जानकारी दिए । 

अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न कसैले पनि पाउँदैन । तर, नेपाल-भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा भारतीयले निर्वाध रूपमा घरटहरा बनाउने गरेको हरिनगरका अताउल अन्सारीले बताए । भारतीय पक्षले दशगजा क्षेत्रमा अनाधिकृतरुपमा निर्माण गरेको संरचनाका कारण मलमुत्र समेत नेपाल तर्फको ढलमा मिसाइदिने गरेको बताए । यसले गर्दा दुर्गन्ध फैलिएर प्रकोपको समेत महामारी हुने जोखिम रहेको उनको भनाई छ । 

पांचदिनसम्म चल्ने सिमा पैदल यात्रा तथा अन्तक्रियामा प्राप्त सुझावलाई कार्यन्वयनका लागि पहल गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । सीमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्न भारतसंग सीमा जोडिएको सुनसरीको ६३ किलोमिटर क्षेत्रमा हुने चोरी तस्करी र अपराधिक गतिबिधि रोक्न यो कार्यक्रमले सहयोग पुग्ने आचार्यको भनाई छ । यसका साथै सुनसरी प्रशासनले सिमाक्षेत्रको नियमित अनुगमन, समन्वयत्मक छलफल र प्रचारप्रसार लगायतका कार्यक्रमलाई समेत तिब्रता दिएको आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]