• भदौ ६, २०७६
  • जुनकिरी खबर

सत्य निरूपणमा हस्तक्षेपप्रति आपत्ति

alt

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा राजनीतिक सहमति र भागबन्डामा पदाधिकारी नियुक्त हुन लागेकामा राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति प्रकट गरेको छ ।

सिफारिस समितिले गर्नुपर्ने काम नेताहरूबाट हुन लागेपछि समितिबाट आफ्ना प्रतिनिधि फिर्ता बोलाउनेबारे विचार गर्ने अवस्था आएको आयोग अध्यक्ष अनुपराज शर्माले बताए ।

सरकारले उक्त दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि गठन गरेको पाँच सदस्यीय सिफारिस समितिमा मानव अधिकार आयोगका आयुक्त प्रकाश वस्ती पदेन सदस्य छन् ।

समितिको क्षेत्राधिकार मिच्दै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष नियुक्त गर्नेबारे छलफल चलेको थियो । शर्माले बिहीबार विज्ञप्ति प्रकाशित गरी शीर्ष दलको अनधिकृत पहलले नियुक्ति प्रक्रियामा निष्पक्षता, तटस्थता र पारदर्शितासमेत नरहने अनुभूति आयोगलाई भएको जनाएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]