• फागुन १५, २०८०
  • जुनकिरी खबर

एमाले अध्यक्ष ओली सहभागी हुने कार्यक्रममा इटहरीका मेयरको अवरोध

alt

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इटहरी स्थित कचना माध्यमिक विद्यालयको भवन उद्घाटन गर्ने कार्यक्रम रोक्न इटहरीका मेयर हेमकर्ण पौडेलले प्रयास गरेका छन् ।  एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने भनेर सम्पूर्ण तयारी भइसकेको अवस्थामा मेयर हेमकर्ण पौडेलले भवन उद्घाटनको कार्यक्रम स्थगित गर्न पत्रचार गरेका छन् ।

मेयरले कार्यपालिकाको निर्णय भन्दै पत्र पठाए पनि विद्यालय व्यवस्थापन समितिले उद्घाटन कार्यक्रम नरोक्ने जनाएको छ । मेयरले कार्यक्रम रोक्न दबाब दिँदा र विद्यालय व्यवस्थापन समितिले उद्घाटन कार्यक्रम नरोक्ने जनाउँदा ओली सहभागी हुने कार्यक्रम  विवादमा तानिएको छ । अध्यक्ष ओलीले फागुन १६ गते  विद्यालयको भवन उद्घाटन गर्ने तयारी पुरा भएको थियो । 

तयारी पुरा भइसकेको अवस्थामा मेयर पौडेलले भवन निर्माणको काम सम्पन्न नभएको भन्दै सोमबार उद्घाटन कार्यक्रम स्थगित गर्न पत्र पठाएका थिए । मेयरले पत्र पठाए पनि विद्यालय व्यवस्थापन समितिले पूर्व निर्धारित समयमै भवनको उद्घाटन गर्ने जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिगबहादुर राईले पूर्व निर्धारित समयमै भवनको उद्घाटन हुने र अध्यक्ष ओलीले नै गर्ने बताए । 

उद्घाटन तयारीका विषयमा एमाले कोशीका सह इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले स्थलगत अनुगमन समेत गरेका छन् । भवन निर्माणको सम्पूर्ण काम सकिएको राईले बताए । 

राजनीतिक प्रतिसोधका कारण अध्यक्ष ओलीलाई भवन उद्घाटन गर्न रोक्न खोजेको भन्दै एमाले इटहरीले मेयर हेमकर्ण पौडेलको कार्यशैलीको विरोध गरेको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]