• फागुन १६, २०८०
  • जुनकिरी खबर

पर्यटन मन्त्री सुदन किराँतीमाथि खनिदै हर्क साम्पाङ

alt

धरानमा एयरपोर्ट बन्न नसक्ने निष्कर्ष सार्वजनिक भएपछि धरानका मेयर हर्क साम्पांग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनले आफू मेयर भएको समेत बिर्सिएर  सामाजिक सञ्चालमा मन्त्री किराँतीलाई लक्षित गर्दै टिप्पणी गर्दै आएका छन् । नागरिक उड्डयन प्राधिकरणले धरान उप महानर क्षेत्रमा विमानस्थल निर्माण गर्दा विद्यामान हवाई नीति विपरीत हुने निष्कर्ष निकालेको छ । फागुन १५ गते धरानमा विमानस्थल बनाउँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यबसायीक सम्भावना नभएको प्राधिकरणले विज्ञप्ति जारी गरेपछि मेयर साम्पांले मन्त्री किराँतीलाई तल्लो स्तरमा गाली गर्दै आएका छन् । 

उनले मङ्गलवार मात्रै मन्त्री किराँती  लक्षित ७ वटा स्ट्याटस लेखेका छन् ।  मेयर साम्पांगले किराँतीलाई कुलले धिक्कार्ने सम्म भन्न भ्याएका छन् । यति मात्रै होइन उनले किराँतीले मन्त्रालय सफाइ गरेको विषयमा समेत टिप्पणी गरेका छन् । केही दिन अघि मन्त्री किराँतीको मन्त्रालयको आफ्नो कार्यकक्षमा पोचा लगाउँदै गरेको भिडियो भाइरल भएको थियो । यस प्रति टिप्पणी गर्दै साम्पांगले लेखेका छन्, सुदन किराँती मन्त्री नै हुन् कि पोचा लाउने कुचीकार रु  खोइ त प्राधिकरणलाई तह लगाको रु  कुलको बदनामी ।  साम्पांले अर्को स्टाटसमा लेखेका छन्, कुलले धिक्कार्ने काम । 

उनी यतिमा मात्रै रोकिँदैनन् मन्त्री किराँतीले राज्यको ढुकुटी सकेको सम्म भनेका छन् । मेयर साम्पांगले  फेसबुकमा लेखेका छन्, केही गर्छ कि भनेको ताइँ न तुइँको गफ बाहेक अरू केही गरेन ।  मन्त्री भए पछि मन्त्री जस्तो काम गरे पो यस भन्नु रु राज्यको ढुकुटीको सत्यानाश मात्रै । 

उनले नागरिक उड्डयन प्राधिकरणको विस्तृत अध्ययन प्रतिवेदनले धरानमा विमानस्थल बनाउन फेल्कजीवल नभएको निष्कर्ष निकाले पछि आक्रामक भएका मेयर साम्पांगले नियमावलीलाई थुक्दै संविधान त परिवर्तन हुने नियमावली संशोधन नहुने भन्दै टिप्पणी गरेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]