• फागुन २०, २०८०
  • जुनकिरी खबर

इटहरीको फोहोर : ग्याँस र मलबाट मोहोर

alt

फोहोर मैला व्यवस्थापनमा इटहरी उपमहानगरपालिकाले निकै ठुलो फड्को मारेको छ । सहरमा उत्पादन भएको फोहोर खाल्डा खुल्डीमा फाल्नुपर्ने, चारेकोशे जङ्गल तथा सामुदायिक बनमा फाल्नुपर्ने अवस्था देखी अहिले आफ्नै प्रशोधन केन्द्रबाट ग्याँस र प्राङगारिक मल उत्पादन सम्म आई पुगेको छ । फोहोर व्यवस्थापनको काम सुरु भएको पछिल्लो १० वर्ष पछि फोहोरबाट ग्याँस र प्राङगारिक मल उत्पादन सुरु भएको छ । 
 
इटहरी उपमहानगरपालिका वडा न. १० मा फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । प्रशोधन केन्द्रले प्लान्ट निर्माण सम्पन्न गरी सन् २०२२ मे ७ बाट ग्याँस उत्पादन परीक्षण सुरु गरेको वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लिका सञ्चालक मानध्वज मोक्तानले जानकारी दिए । 
 
परिक्षणकाल अवधिमा एक सय सिलिन्डर ग्याँस उत्पादन गरी विक्री गरिएको कम्पनीले जनाएको छ । उत्पादन भएको ग्याँस सुनसरीकै निमुवामा रहेको जानकी ट्याङ्की उद्योगलाई विक्री गरिएको कम्पनीका सञ्चालक मोक्तानले जानकारी दिए । 
 
कम्पनीले अब भने केही प्राविधिक पक्षलाई व्यवस्थापन गर्दै व्यवसायीक रूपमा ग्याँस र मल उत्पादन गर्न सक्षम भएको बताएको छ । 
ग्याँस र मलको उत्पादन तथा विक्री गरी राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको इन्भारो कम्पनीका सञ्चालक मोक्तानको विश्वास छ ।
 
कति ग्याँस उत्पादन हुन्छ र कहाँ खपत हुन्छ ? 
 
आयोजनाको डिपीआर अनुसार साढे १३ करोड लाग्ने अनुमान थियो । तर ग्यास उत्पादनको अवस्था सम्म आइपुग्दा करिब २१ करोड लगानी भएको इन्भारो म्यानेजमेन्ट कम्पनीले जनाएको छ । 
 
योजनाको डिपीआर अनुसार स्थापना भएको प्लान्टबाट दैनिक ३० टन कुहिने फोहोर प्रशोधन गरी ८ टन ग्याँस र ६ टन प्राङ्गारिक मल उत्पादन गर्न सकिन्छ । कुहिने फोहोरबाट ग्याँस र मल उत्पादन गर्न २ करोड ७० लाखको लागतमा डाईजेस्टर निर्माण गरिएको छ । सो डाईजेस्टरमा ग्याँस र मल उत्पादन गर्न दैनिक ३० टन कच्चा पदार्थ(कुहिने फोहोर) आवश्यक पर्छ । 
 
उत्पादन भएको ग्याँस सिलिन्डर मार्फत विक्री गर्न सकिने कम्पनीले जनाएको छ । उत्पादन भएको ग्याँसलाई बजारको कुनै समस्या छैन।  सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरूले सहजै खरिद गरिदिने वेस्ट एण्ड इन्भारो कम्पनीका सञ्चालक मानध्वज मोक्तान बताउँछन् । 
 
कम्पनीले पनि उत्पादन भएको ग्याँसलाई औद्योगिक क्षेत्रलाई नै टार्गेट गरी विक्री गर्ने योजना बनाएको छ ।  परीक्षण कालमा उत्पादन भएको ग्याँस पनि आद्यौगिक कोरिडोरकै जानकी ट्याङ्की उद्योगले खरिद गरिदिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]