• फागुन २१, २०८०
  • जुनकिरी खबर

इटहरी भेट्रान गोल्ड कप चैत्र २६ देखी हुने

alt

इटहरीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक हाम्रो इटहरी भेट्रान क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी फागुन २६ गते देखि चैत्र ३ गते सम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो ।
 
इटहरीस्थित जनता बहुमुखी क्याम्पस इटहरीको खेल मैदानमा हुने प्रतियोगितामा एक भारतीय सहित ९ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । ८ दिनसम्म चल्ने चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपबिजेताले ६१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यानअफद म्याचले नगद २ हजार ५ सय र विधागत उत्कृष्टले ३ हजार ५ सय नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार पुरस्कार पाउने छन् । 
 
इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगितामा आयोजक टिम हाम्रो इटहरी भेट्रान क्लब, मिल्स भेट्रान विराटनगर, हाम्रो धरान भेट्रान सुनसरी, विराट मेघा स्पोर्ट्स एकेडेमी भेट्रान विराटनगर, राजारानी भेट्रान धनकुटा, उर्लाबारी भेट्रान मोरङ, दमक लखनपुर भेट्रान झापा, दुधे भेट्रान झापा र रियल फ्रेन्डस भेट्रान सिक्किम भारत बिच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष निर्मल तामाङले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कूल ६ लाख लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]