• फागुन २१, २०८०
  • जुनकिरी खबर

कोशीको सरकार के हुन्छ ?

alt

नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ। माओवादी  र काङ्ग्रेसबिचको गठबन्धन भत्किएर एमाले र रास्वपा सरकारमा गएपछि प्रदेश सरकार पनि फेर्ने तयारी भएको छ । गठबन्धनको बालुवाटारमा बसेको बैठकले एमालेले ३ र माओवादीले २ प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ । दुई वटामा भने गठबन्धन दलका
 
पार्टीहरूलाई मुख्यमन्त्री दिने गरिको छलफल भइरहेको छ । कोशी प्रदेशमा भने संविधानको धारा १६५(५) अन्तरगत सरकार बनेकाले के हुन्छ भन्ने अन्यौल छ । नयाँ गठबन्धन दलका नेताहरूले कोशी प्रदेशमा रहेको केदार कार्की नेतृत्वको सरकार पनि फेरेर जाने गरिको तयारी भइरहेको बताएका छन् । 
 
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भागबन्डाको विषयमा अब नयाँ शिराबाट अघि बढ्ने बताए। उनले भने, ‘प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा अघि बढाउँछौँ। राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षको विषयमा पनि सहमति खोज्छौँ।’ अहिले काँग्रेस नेतृत्वको चार वटा प्रदेश सरकार छन्। अब त्यहाँ नयाँ नेतृत्व आउनेछन्।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]