• फागुन २२, २०८०
  • जुनकिरी खबर

इटहरी खानेपानीको निर्वाचनमा एमालेले कसैसँग तालमेल नगर्ने

alt

इटहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनमा नेकपा एमालेले अन्य दलसँग तालमेल नगर्ने भएको छ । एमाले र नेपाली काँग्रेस बिचमा भागबन्डाको विषय बाहिर आएपछि एमालेले भागबन्डा नगर्ने बताएको हो ।

नगर अध्यक्ष यामकुमार सुब्बाले कुनै तालमेलको सहमति नभएको बताउँदै अवस्था हेरेर अगाडि बढ्न वडा कमिटीलाई निर्देशन दिइएको बताए । यसअघि कार्यवाहक अध्यक्ष रुपेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले फाल्गुन ६ गते वडा कमिटीलाई सर्कुलर जारी गरेको थियो ।

सोही सर्कुलरमा वडा स्तरमा हुने निर्वाचनको उम्मेदवार वडा कमिटीले तय गर्ने उल्लेख छ । टोल कमिटीको समेत सहभागिता रहने गरी उम्मेदवारी छनौट गर्नुपर्ने सर्कुलरमा बताइएको छ ।

जात, भूगोल तथा समुदाय मिलाएर सर्वसम्मत उम्मेदवार छनौट गर्नुपर्ने एमालेले निर्देशन दिएको छ । गठबन्धन गर्नुपर्ने भए प्रमुख प्रतिस्पर्धी बाहेक अन्य दलसँग वडाको अवस्था हेरेर तालमेल गर्नुपर्ने भएको छ ।

सोही निर्देशनलाई कार्यान्वयन गर्ने पछिल्लो अवस्था बारे बुझ्न सोमबार एमाले नगर पार्टी कार्यालयमा छलफल भएको हो । छलफलमा काँग्रेस लगायत दलसँग तालमेल नगर्ने सुझाव आएको अध्यक्ष सुब्बाको भनाइ छ ।

उता इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सर्वसम्मत खानेपानीको नेतृत्व चयन गर्न लबिङ गर्दै आएका छन् । सोही क्रममा काँग्रेस उपमहानगर सभापति समेत रहेका पौडेलले आइतबार मेयर कक्षमा सर्वदलीय छलफल गरेका हुन् । छलफलमा कुनैपनी भागबन्डा र तालमेलको सहमति नभएको एमाले अध्यक्ष सुब्बाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]