• फागुन २३, २०८०
  • जुनकिरी खबर

इटहरीमा जुत्ता चप्पलको सामूहिक बिक्री कक्ष सञ्चालनमा

alt

स्वदेशी बस्तुको प्रवर्द्धनको लागि इटहरीमा जुत्ता चप्पलको आधिकारिक बिक्री कक्ष सञ्चालनमा आएको छ । इटहरी स्थित पश्चिम लाइनमा विभिन्न नेपाली ब्रान्डका उत्पादनको जुत्ता चप्पलको बिक्री कक्ष सञ्चालनमा आएको हो । १० दिनसम्म इटहरी जुत्ता चप्पल महोत्सवको आयोजना गरेका उद्योगीहरूले सोही ठाउँमा विक्री कक्ष सञ्चालनमा ल्याएका हुन्  ।  
 
स्थानीय स्तरमा उत्पादन भएको बस्तुलाई आम उपभोक्ता माझ पुर्‍याउन र आफ्नो ब्रान्ड,  उत्पादनको गुणस्तरको बारेमा उपभोक्तालाई जानकारी गराउने र नेपाली उद्यमीले उत्पादन गरेका सामाग्रीहरू सिधै उपभोक्तासम्म  पुर्‍याउन   बिक्री कक्ष सञ्चालनमा ल्याएको नेपाली जुत्ता चप्पल उत्पादकको भनाई छ । आफ्नो उत्पादनको गुणस्तरको परीक्षण र विक्री वितरण गर्नको लागि  इटहरीलाई रोजेको विएफ डियर हिल सुजका प्रबन्धक होमनाथ उपाध्यायले बताए ।  
 
‘नेपाली ब्रान्ड, मौलिक उत्पादनलाई प्रचारप्रसार गर्नु पर्छ भनेर कोसी प्रदेशमा अभियान सञ्चालन गरिएको छ, उनले भने,  इटहरीमा सुरु भएसँगै  उदयपुर र बिर्तामोडमा पनि बिक्री कक्ष सञ्चालनको तयारी गरेका छौँ ।’
 
फुटवेयर  म्यानुफ्याक्चरिङ एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरेले  उपभोक्ताले आफ्नो रोजाइमा सामान खरिद गर्न पाउन् भन्ने उद्देश्यले विक्री कक्ष नै सञ्चालन गरिएको बताए ।  नेपाली व्यवसायीले उत्पादन गरेका जुत्ता चप्पल उपभोक्तासम्म सहज पुर्‍याउनको लागि यस्ता बिक्री कक्षहरू आवश्यकता ठानेर सञ्चालनमा ल्याइएको उनको भनाई छ।  
 
इटहरीमा सुरु भएको बिक्री कक्ष बिएफ डियर हिल सुज, फस्ट वाक, रोयल सुज, डिजे सुज र क्रस रोड सुजको संयुक्त हो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]