• फागुन २८, २०८०
  • जुनकिरी खबर

चिजन प्यालेस स्कुलले ‘हामी र हाम्रा धर्म’ शिर्षकमा मनायो सातौ अभिभावक दिवस

alt

इटहरी/ सुनसरीको इटहरी ९स्थित बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले बिविध कार्यक्रमका साथ सातौ अभिभावक दिवस मनाएको छ। स्कुलले शनिबार बृहत कार्यक्रम गर्दै अभिभावक दिवस मनाएको हो।

इटहरी उपमहानगरपालिकाकी मेयर संगिता चौधरीको प्रमुख आतिथ्यतामा ‘हामी र हाम्रा धर्म’ शिर्षकमा कार्यक्रम गर्दै अभिभावक दिवस मनाईएको थियो। कार्यक्रममा स्कुलमा अध्ययनरत बिद्यार्थीले ‘हामी र हाम्रा धर्म’ शिर्षकमा बिभिन्न प्रस्तुती दिएका थिए।

स्कुलका निर्देशक हरि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सबै जातजाति अनि समुदायले मान्ने धर्मलाई उत्तिकै महत्व दिईएको थियो। PG देखि कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीले आँफै चलाएको कार्यक्रममा बिद्यार्थीले बाजासमेत आँफै बजाएका थिए।

कार्यक्रममा बिद्यार्थीले आँफुले पढेको पुरै कितावलाई पाँचसात मिनेटमा अभिनयमार्फत प्रस्तुत गरेका थिए। कार्यक्रमका लागि तयार पारिएका सबै सामाग्रीहरु बिद्यार्थीलाई सिकाउन हातले बनाईएका थिए।

अधिकांस स्कुलका कार्यक्रमहरुमा उच्छृंखल हिन्दि तथा नेपाली गितमा नृत्य गर्ने गाउने गरेको पाईएता पनि चिजन प्यालेस स्कुलमा भने फरक किसिमको अनुभुति गर्न सकिन्थ्यो।

स्कुलले हरेक कार्यक्रमहरु फरक एवं रोचक तरिकाले गर्ने गरेको र यो कार्यक्रममा पनि फरक स्वाद भेटिएको भन्दै कार्यक्रममा उपस्थित अभिभावकहरु मख्ख देखिन्थे। स्कुलको पठनपाठन शैलि फरक रहेको र स्कुलका हरेक कार्यक्रमहरु फरक रहने गरेको अभिभावकहरुको प्रतिकृया थियो।

कार्यक्रममा एन प्याब्सनका निबर्तमान अध्यक्ष नारायण सञ्जेल बिशिष्ट अतिथिको रुपमा हुनुहुन्थ्यो। यस्तै इटहरी वडा नम्बर ९का वडासदस्य कल्पन घिमिरे, वडा नम्बर ७का वडासदस्य दिपक घिमिरे लगायतको उपस्थिती थियो।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]