• फागुन २९, २०८०
  • जुनकिरी खबर

बिपी प्रतिष्ठान भित्रका फार्मेसी बन्द बिरामीलाई सास्ती

alt

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल भित्रै सञ्चालनमा रहेका फार्मेसीमा कार्यरतहरूले सेवा अवरुद्ध गरेका छन् ।  फार्मेसीका ठेकेदारले तलब नदिँदा फार्मेसिष्टहरुले काम बहिस्कार गरेका हुन् । फार्मेसीमा कार्यरतहरूले सेवा अवरुद्ध गर्दा बिरामीहरुलाइ समस्या परेको छ । प्रतिष्ठान भित्र ४ वटा फार्मेसी छन् । ती फार्मेसीमा कार्यरतहरूले सञ्चालकले तलब नदिएको भन्दै उप मेयर आइन्द्र विक्रम बेघालाई जानकारी गराएका थिए। 
 
बिपी अस्पतालमा सञ्चालित सबै  फार्मेसीमा कार्यरत कर्मचारी नआउँदा  इमर्जेन्सी लगायतका बिरामीहरूका लागि रातविरात औषधि खरिद गर्न कठिनाइ भएको छ ।
सहायक फार्मेशिष्ट स्वस्ति श्रेष्ठका अनुसार फार्मेसीमा कार्यरत १८ जना सहायक फार्मेसिस्टहरूले सेवा बहिष्कार गरेपछि सबै फार्मेसी बन्द भएको हो । फर्मेसिष्टहरुले ६ महिना देखीको तलब नपाएको बताएका छन् ।
 
बिपी प्रतिष्ठानले अस्पतालको फार्मेसी सञ्चालन गर्न केटिएम सेक्युरिटी कम्पनीलाई ठेक्का दिएको छ। ठेकेदार कम्पनीले त्यहाँ कार्यरत फार्मेसिष्ट कर्मचारीले कार्तिक देखि तलब भत्ता दिएको छैन ।
 
तलब भत्ता नपाएकोले काम बहिस्कार गरेका फामेसिष्टहरुले अस्पताल भित्र बिपी प्रतिष्ठान आफैले सञ्चालन गर्न माग गरेका छन् । अस्पताल फार्मेसी निर्देशिका २०७२ अनुसार फार्मेसिस्टहरु राख्नु पर्ने व्यवस्था भएको बताएका छन् ।
 
सहायक फार्मेशिष्ट श्रेष्ठले उक्त विषयमा ठेकेदार सेक्युरिटी कम्पनी र प्रतिष्ठान प्रशासनलाई पटक पटक अनुरोध गर्दा पनि सुनवाइ नभएकाले सेवा बहिष्कार गरेको बताइन् । ठेक्कामा सञ्चालन भएकोले फार्मेसिस्टहरुले प्रचलित नियम अनुसार तलब भत्ता र बिदा समेत पाएका छैनन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]