• फागुन २९, २०८०
  • जुनकिरी खबर

सुनसरीमा ९८ केजी गाँजा बरामद

alt

सुनसरीमा प्रहरीले ९८ केजी गाँजा बरामद गरेको छ । देवानगञ्ज गाउँपालिका ५ स्थित मकैबारीमा अवैध गाँजा लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट ९८ केजी अवैध गाँजा फेला पारी बरामद गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका ११ बाट प्रतिबन्धित औषधिसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना २६ प ८३७५ नम्बरको स्कुटरको डिकिभित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा फेनार्गन, डाईजेपाम र आईपिल गरी जम्मा ४४ एम्पुल औषधि फेला पारेसँगै स्कुटर चालक स्थानीय २३ वर्षीय पासाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागूऔषधसहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]