• फागुन २९, २०८०
  • जुनकिरी खबर

कोशी टप्पुमा घटे आगन्तुक चरा

alt

चराको राजधानी मानिँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासमा यस वर्ष चराको संख्या घटेको छ । यसको मुख्य कारणका रुपमा गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले अन्यत्र विस्थापित हुँदा चराको संख्या घटेको सरोकारवालाको अनुमान छ ।

मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशी टप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ५३ प्रजातिका ५ हजार ५ सय २७ को संख्यामा चरा फेला परेका छन् । गत वर्ष ५६ प्रजातिका ७ हजार ५ सय ७३ चरा रहेको आरक्षको तथ्यांक छ । अघिल्लो वर्ष यहाँ ७ हजार ६ सय ६४ चरा थिए । ‘आरक्ष क्षेत्रमा हरेक वर्ष नयाँ प्रजातिका चरा आउने गरेका थिए । तर यस वर्ष त्यस्तो भेटिएन,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी संरक्षण केन्द्र प्रमुख वीरेन्द्र गौतमले भने, ‘गत वर्ष ५६ प्रजातिका चरा फेला परेकोमा यस वर्ष यहाँ ५३ प्रजाति मात्र भेटिए ।’ उनका अनुसार गत वर्षको तुलनामा तीन प्रजाति र दुई हजार भन्दा बढी चरा आरक्ष क्षेत्रमा घटेका छन् ।

साइबेरिया, मंगोलिया, रसिया र चीनबाट जाडो छल्न आरक्ष क्षेत्रमा विभिन्न प्रजातिका चरा आउँथे । यसपाली त्यसरी आउने चरा घटेको गौतमले बताए । ‘यसको मुख्य कारण आउँदा आउँदै बाटैमा नयाँ बासस्थान भेटिनु, उपयुक्त तापक्रम फेला पर्नु र चरा उड्ने मार्गमा रहेका विद्युतीय हाइटेन्सन लाइन पनि हुन सक्छ,’ उनले भने । उनको बुझाईमा आरक्ष क्षेत्रमा गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादी प्रयोग र मानवीय क्रियाकलापले पनि चराको संख्या घटेको हुन सक्छ ।

यसबेला कोशीमा सबैभन्दा धेरै ८ सय ४८ वटा सिलसिले हाँस फेला परेका छन् । त्यसैगरी उच्च संख्यामा फेला परेका १० प्रजातिका चरा मध्ये चखेवा ५ सय ६, राज हुटिट्याउ ४ सय ५५, जलेवा ४ सय ४५, वस्तु बकुल्ला ३ सय ७६, सानो जलेवा ३ सय ७१, कर्रा सवारी २ सय ५७, लामाऔँले २ सय २२, आसकोटे बकुल्ला २ सय १० र जलरंग १ सय ८७ रहेको आरक्षको तथ्यांक छ । कोरोनाकालमा यो आरक्ष र आसपासमा चराको संख्या ९ हजार २ सय ८९ पुगेको थियो । त्यस समयमा मनावीय चहलपहल कम भएकाले सिमसार, खोलानालामा चराको संख्या बढेको हुनसक्ने गौतमको अनुमान छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]