• चैत १, २०८०
  • जुनकिरी खबर

पत्रकार बहाब माथि दुर्व्यवहार

alt

समाचार सङ्कलनको क्रममा इटहरी उप महानगरपालिका परिसरमा पुगेका पत्रकार कृष्ण बहावको मोबाइल खोस्दै नगर प्रहरीले दुर्व्यवहार गरेका छन् । सिटी सफारी चालकहरूले गरेको आन्दोलनको फोटो तथा भिडियो खिच्ने क्रममा इटहरी उप महानगरका नगर प्रहरीले शिला पत्र डटकममा कार्यरत पत्रकार बहाबको क्यामरा खोस्दै दुर्व्यवहार गरेका हुन् । बहावले पत्रकार भनेर परिचय पत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले हातपात समेत गरेको पत्रकार बहावले बताए । उनले हिजो मात्रै शिला पत्र डटकममा अदालतको मुद्दा जित्न बनाइयो किर्ते कानुन इटहरीको शिक्षा ऐनमा पालिकाबाटै चलखेल भन्ने समाचार लेखेका थिए । 
 
यसैबिच पत्रकार बहाव माथि भएको दुर्व्यवहार र हातपातको नेपाल पत्रकार महासङ्घ सुनसरीले विरोध गरेको छ । यस्तै प्रेस चौतारी सुनसरीले पनि पत्रकारहरूको लोख्न र बोल्न पाउने हक सुरक्षित गर्न इटहरी उप महानगरपालिकासँग माग गरेको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका सचिव ध्रुव ढकालले विज्ञप्ति जारी गर्दै उक्त घटनाका दोषीलाई पक्राउ गरी तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्  ।
 
जारी विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्बाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।  विज्ञप्तिमा  रिपोर्टिङ गर्ने सिलसिलामा इटहरी उपमहानगरपालिकाको गेटै अगाडी नगर प्रहरीहरूबाट मोबाइलसमेत खोसेर दुर्व्यवहार गरेको  घटनाप्रति नेपाल पत्रकार महासङ्घ सुनसरीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
 
यस्तै प्रेस चौतारी सुनसरीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलन गर्नुको विकल्प नभएको जनाएको छ । विज्ञप्तिमा दोषीलाई तत्काल कारा वाही गर्न माग गरिएको छ ।  विज्ञप्तिमा रिपोर्टिङ गर्दै गर्दाको समयमा नगरप्रहरीहरुले पत्रकार बहावलाई रोकेर मोबाइल खोस्ने, धकेल्ने, कुट्ने र पत्रकार हुँभन्दा भन्दै पनि ‘पत्रकार होस्, ठेगानमा बस् नभए ठेगान लगाइदिउँला भन्ने जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरङ्कुश शैलीमा हस्तक्षेप र आक्रमण हुनु अत्यन्त निन्दनीय र लोकतन्त्रप्रतिकै आक्रमण भएको उल्लेख छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]