• चैत २, २०८०
  • जुनकिरी खबर

इटहरीका निजी विद्यालयलाई उपमहानगरले माग्यो कागजात

alt

 इटहरी उपमहानगरपालिकाले यहाँका निजी विद्यालयलाई थप व्यवस्थित गर्दै लैजाने भएको छ । निजी विद्यालयमा कार्यरत शिक्षकहरूको शैक्षिक विवरण, नियुक्ति पत्र लगायतका कागजात सात दिनभित्र बुझाउन पत्राचार गरिएको छ ।

उपमहानगरले निजी विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूको नियुक्ति पत्र, अध्यापन अनुमति पत्र, प्र.अ नियुक्तिको पत्र र शैक्षिक योग्यताको विवरण माग गरेको हो ।

निजी स्कुलहरूले आफ्नो स्कुलमा कार्यरत शिक्षकहरूलाई नियुक्ति पत्र नदिएको, सरकारले तोकेको पारिश्रमिक नदिएको गुनासो बढेको भन्दै उपमहानगरले परिपत्र गरेको हो ।

शिक्षा युवा तथा खेलकुद शाखाले सात दिनभित्र विवरण उपलब्ध गराउन पत्राचार गरेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोणप्रसाद दाहालले जानकारी दिए ।

सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने र बुझाएको विवरणसमेत माग गरिएको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]