• चैत ८, २०८०
  • जुनकिरी खबर

इटहरीमा एकै प्रकारको पोसाक लागू

alt

इटहरी उपमहानगरले सबै विद्यालयहरूको पोसाक एउटै गर्ने निर्णय विरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले अन्तरिम आदेश नपर्ने आदेश दिएसँगै   इटहरी उपमहानगरले  इटहरी क्षेत्रका सबै विद्यालयमा एउटै पोसाक लागु गर्न गरेको निर्णय कार्यान्वयन हुने  भएको छ। उच्च अदालत विराटनगरले इटहरी उपमहानगर विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि इटहरीको निर्णय कार्यान्वयनको बाटो खुलेको हो।  
 
माघ २५ मा इटहरीको शिक्षा समितिले उपमहानगरभरिका सबै विद्यालयमा भादगाउँले टोपीसहितको पोसाक अनिवार्य गर्ने निर्णय गरेको थियो । यस्तै निजी विद्यालयहरूले शैक्षिक सामग्री किनबेच गर्न नपाउने र भर्ना शुल्क एक पटकभन्दा बढी लिन नपाउने निर्णय गरेको थियो। 
 
सो निर्णयको विरोधमा एउटै पोसाक र संस्थागत विद्यालयको शुल्क निर्धारण प्रक्रियाको विरोध गर्दै निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले इटहरी उप महानगरलाई विपक्षी बनाई रिट दायर गरेको थियो ।
 
उच्च अदालतका न्यायाधीश द्वय विपुल न्यौपाने र कृपासुर कार्कीको संयुक्त इजलासले प्याब्सनले मागेको अन्तरिम आदेश दिन समेत अस्वीकार गरेको थियो । तत्काल उपमहानगर र प्रदेश कानुन मन्त्रालयले उपलब्ध गराएको कानुनमा पोसाक तोक्न पाउने अधिकार नगरपालिकासँगै भएको इजलासले आदेशमा लेखेको छ ।
 
प्याब्सन तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले उपमहानगरले पेस गरेको शिक्षा ऐन नै किर्ते भएको दाबी गरेका थिए । तर, इजलासले भने त्यो विषयलाई अन्तिम सुनुवाइको बेला टुङ्गो लाग्ने जनाउ दिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]