• चैत ९, २०८०
  • जुनकिरी खबर

सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार

alt

नेपाली उपभोक्तालाई लक्षित गरेर भारतको सीमावर्ती बजार जोगवनीमा सामान खरिद गरेर आउने उपभोक्ताहरूलाई कडाइ गर्ने गरिएको छ । कोशी प्रदेशको मुख्य नाका जोगबनीमा कडाइ गर्न थालिएको हो ।

यसअघि उपभोक्ताले आवश्यक वस्तु सहजै भन्सारविना ल्याउन पाउने विभिन्न नाकाहरूमा अब एक सय रुपैयाँभन्दा बढीको सामग्रीमा अनिवार्य भन्सार तिराउन थालिएको छ । एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम विराटनगर भन्सारले बनाएको छ । एक सातादेखि यो नाकामा घरेलु प्रयोजनका लागि उपभोग्य वस्तु किन्न जोगबनी बजार जाने सर्वसाधारणलाई सय रुपैयाँभन्दा बढीको सामान ल्याउन दिइएको छैन ।

जोगबनी नाकाबाट घरेलु प्रयोजनका लागि एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउन नपाइने रवि लामिछाने गृहमन्त्री बनेर आएसँगै प्रहरीले सीमाबाट दिनहुँ वारपार गर्ने सर्वसाधारणलाई दुःख दिन थालेको हो ।

यसअघि विराटनगर महानगरको पहलमा गत साउन १ गतेदेखि यस्तै कडाइ गरिएको थियो । तर महानगर, स्थानीय प्रहरी र प्रशासन अडिग रहन नसक्दा त्यो कडाइ एक साता पनि टिक्न सकेको थिएन । हाल एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान बोकेर आउने सर्वसाधारणलाई नाकामा खटिएका सशस्त्र प्रहरीले उतै फर्काउने गरेको छ । यसो गर्दा सातादेखि उपभोग्य वस्तु किन्न जोगबनी पुग्ने सर्वसाधारणको भीड कम हुँदै गएको नाकामा खटिएका एक सुरक्षाकर्मीको भनाइ छ ।

यसले सर्वसाधारण र सीमामा खटिएका सुरक्षाकर्मीबीच सातादेखि दिनहुँ लछारपछार भइरहेको ती सुरक्षाकर्मीले जनाए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]