• चैत १०, २०८०
  • जुनकिरी खबर

प्रदेश स्तरीय आइटिएफ तेक्वान्दोको उपाधि सुनसरीलाई

alt

छैटौँ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो सङ्घले आयोजना गरेको प्रतियोगितामा ८ स्वर्ण, ६ रगत र ४ कास्य पदकका साथ सुनसरीले उपाधि जितेको हो । 
 
शनिबार सम्पन्न भएको प्रतियोगितामा मोरङ ६ स्वर्ण, ८ रजत र ४ कास्य पदकका साथ दोस्रो र झापा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकका साथ तृतीय भएको छ । 
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको एकल पुरुष स्पाइरिङतर्फ ४५–५० केजी समूहमा सुनसरीका इशान राई प्रथम, मोरङका प्रकाश शर्मा द्वितीय भए । यसैगरी  ५१–५५ केजी समूहमा पाँचथरका आलोक राई प्रथम, मोरङका संजय खवास दोस्रो, ५६–६० केजी समूहमा सौरभ चौधरी प्रथम, झापाका सनम चौधरी दोस्रो, ६१–६५ केजी समूहमा सुनसरीका आशिष मगर प्रथम, भोजपुरका दीपक राई दोस्रो, ६५–७० केजी समूहमा झापाका प्रितम धिमाल प्रथम, मोरङका लक्ष्मण राजवंशी दोस्रो, ७१–७५ केजी समूहमा झापाका अनमोल लिम्बू प्रथम, मोरङका निशान्त भुजेल दोस्रो, ७६ केजी समूहमाथि झापाका श्याम राई प्रथम, भोजपुरका इन्द्रबहादुर बस्नेत दोस्रो भए । 
 
त्यस्तै, एकल महिला स्पाइरिङतर्फ ४०–४५ केजी समूहमा सुनसरीकी विपना राई प्रथम, मोरङकी बिनिसा माझी दोस्रो, ४६–५० केजी समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, मोरङकी सविना मगर दोस्रो, ५१–५५ केजी समूहमा मोरङकी अनुश्का धिमाल प्रथम, इलामी दीक्षा आचार्य दोस्रो, ५६–६० केजी समूहमा मोरङकी कुशुम राजवंशी प्रथम, इलामकी विनु काङ्वाङ दोस्रो, ६१–६५ केजी समूहमा सुनसरीकी प्रतिष्ठा कटवाल प्रथम, झापाकी निशा ताजपुरिया दोस्रो, ६६ केजी समूहमाथि झापाकी सेङना लिम्बू प्रथम, पाँचथरकी दीक्षा खड्का दोस्रो भइन् । 
 
एकल महिला प्याटनतर्फ हरियो पेटमा झापाकी विविसिंह शर्मा प्रथम, सुनसरीकी क्याट्रिना राई दोस्रो, निलो पेटीमा मोरङकी अनुश्का धिमाल प्रथम, सुनसरीकी सदीक्षा राई दोस्रो, रातो पेटीमा इलामकी वन्दना श्रेष्ठ प्रथम, सुनसरीकी बिट्नी राई दोस्रो, कालो पेटीमा मोरङकी कुसुम राजवंशी प्रथम, सुनसरीकी करुणा विष्ट दोस्रो र कालो पेटी दोस्रो डानमा सुनसरीकी एलिजा राई प्रथम भइन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]