• चैत १२, २०८०
  • जुनकिरी खबर

राष्ट्रिय जागृति इटहरी गोल्ड कपको सेमिफाइनलमा

alt

आयोजक राष्ट्रिय जागृति क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको अन्तिम चारमा पुग्न सफल भएको छ ।
इटहरी रङ्गशालामा आइतबार राती सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा आयोजकले पाहुना टोली  कञ्चनजङ्घा फुटबल क्लब भारतलाई पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ ।
 
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको हो ।
 
पेनाल्टीमा एरिन तामाङको प्रहार बाहिरिएपछि कञ्चनजंगा क्वाटरफाइनलमै घर फर्कन बाध्य भयो । उसका चार जना खेलाडी अभिषेक लामा, निवाङ तामाङ, पूजन सुब्बा, र सरोनको प्रहार मात्र गोलमा परिणत भएको थियो । 
 
आयोजकको तर्फबाट पाँचै जनाले गोल गरे । योगेन्द्र कार्की, प्रवेश दनुवार, विशाल भण्डारी, उमेश कार्की र अन्तिम पेनाल्टी प्रहार गर्न आएका विदेशी खेलाडी नपोलिनको प्रहारले सिधै जाली चुमेपछि आयोजकको जित निश्चित भएको हो । 
 
त्यसअघि निर्धारित समयको १३ औँ मिनेटमा एरिन तामाङको पासमा पूजन सुब्बाले गोल गर्दै कञ्चनजंगालाई अग्रता दिलाएका थिए । तर उसको अग्रता ८६ औँ मिनेटमा आयोजकका नपोलिनले गोलगरेपछी खेल १-१ को बराबरीमा आएको थियो । 
 
आजको विजेता आयोजकले अब सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटीबिच मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेलको विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । आइतबारको खेलको म्यान अफ द म्याच विजयी टिमका नपोलिन घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]