• चैत १३, २०८०
  • जुनकिरी खबर

त्रिभुवन आर्मी इटहरी गोल्ड कपको सेमिफाइनलमा

alt

त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको सेमिफाइनलमा पुग्न सफल भएको छ । इटहरी रङ्गशालामा सोमबार राती सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा बिर्तामोड युनाईटेड झापालाई पेनाल्टी सुट आउटमा ३-२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा बिर्तामोडका विवेक पौडेल, आशिष् चापागाईँ र देवेन्द्र तामाङको प्रहारलाई विफल भयो । तर विशाल दर्जी र मौसम सुब्बाको प्रहार भने गोलमा परिणत भएको थियो । आर्मीका जीतेन्द्र कार्की, नवयुग श्रेष्ठ, फत्तेमान घलले गोल गरे । कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोके । 
 
त्यसअघि निर्धारित समयको ८१ औँ मिनेटमा आशिष् चापागाईँले पेनाल्टी मार्फत गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ६ मिनेट थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा बिर्तामोडका नवयुग श्रेष्ठले पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।
 
सोमबारको खेलको म्यान अफद म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित हुँदै नगद १० हजार पाए । मङ्गलवारको अन्तिम क्वाटर फाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्यु रोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ । आगामी शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]