• चैत १५, २०८०
  • जुनकिरी खबर

स्पोर्ट्स सेलिब्रेटी मिट इटहरीमा हुने

alt

तेस्रो ओलम्पियन पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ सुनसरीको इटहरीमा हुने भएको छ । त्यसका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव हंशराज वाग्ले र ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार खेलकुद विकास बोर्ड कार्यक्रमको आयोजक रहने छ भने ओलम्पियन संघले संयोजन गर्नेछ । कार्यक्रम आउँदो वैशाख २० मा हुनेछ । पहिलो संस्करण काठमाडौं र दोस्रो गत वर्ष पोखरामा भएको थियो । देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमका दिन वाकाथन हुनेछ । त्यसै दिन सन् १९८८ को सोल ओलम्पिक खेलेका नेपाली ओलम्पियनलाई सम्मान गरिने छ । ओलम्पियन संघले दुई संस्करणमा १९६४ देखि १९८४ का विभिन्न ५ संस्करण खेलेका ओलम्पियनलाई सम्मान गरिसकेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]