• चैत १५, २०८०
  • जुनकिरी खबर

वराहक्षेत्रमा डिजे बाजा बजाउन रोक

alt

सुनसरीको वराहक्षेत्र नगरपालिकाले डिजे बाजा बजाउन रोक लगाउने निर्णय गरेको छ ।

नगरपालिका क्षेत्र भित्र कार्यक्रममा बजाइने डिजेको कारण नगरवासीहरूलाई नकारात्मक असर परिरहेको, वृद्ववृद्वा, बालबालिका र मुटु तथा दीर्घ रोग लागेको मानिसहरूको स्वास्थ्यमा थप समस्या भइराखेको भन्ने व्यापक जनगुनासो आएकाले नगरपालिकाले कार्यपालिका बैठकबाट उक्त डिजे बाजा बजाउन रोक लगाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकृत गौरी रायले जानकारी दिए ।

नगरपालिका क्षेत्र भित्र डिजे बजाउन पूर्ण रूपमा नदिने निर्णय गरेको नगरपालिकाले अन्य विद्युतीय बाजाको प्रयोगमा समेत कडाइ गर्ने निर्णय गरेको छ । छर छिमेकीहरूलाई नकारात्मक असर पर्ने गरी विद्युतीय बाजा समेत प्रयोग नगर्न र नगराउनु हुन आग्रह तथा डिजे बाजाको प्रयोग गर्न र नगराउनु हुन जानकारीका लागि नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

नगरपालिकाले गरेको निर्णय विरुद्ध त्यस्ता त्यस्ता सामाग्रीको प्रयोग गरे र गराउनेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने नगर प्रमुख रमेश कार्कीले बताए । नगर प्रमुख कार्कीका अनुसार त्यस्ता किसिमका डिजेहरू नगर भित्र प्रयोग गरिए  नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पलाई पत्राचार गरिएको तथा सम्पूर्ण वडा कार्यालयहरूलाई सूचना प्रवाहको व्यवस्थापन गर्न पत्रकार गरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]