• चैत १६, २०८०
  • जुनकिरी खबर

कोसी प्रदेश स्तरीय महिला फुटबल खेलाडी छनौट इटहरीमा सुरु

alt

अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कोसी प्रदेश स्तरीय महिला फुटबल खेलाडी छनौट सुरु भएको छ । बागमती प्रदेशमा चैत्र २५ देखी वैशाख १ गतेसम्म हुने अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको लागि सुनसरीको इटहरीमा छनौट सुरु भएको हो । कार्यक्रममा एन्फा मान्यता प्राप्त ११ जिल्लाबाट छनौट भएर आएका १ सय ५० जना किशोरी सहभागी रहेको कार्यक्रम संयोजक एवंम कोसी प्रदेश फुटबल संघका सह महासचिव केशव कार्कीले जानकारी दिए ।
 
कोसी प्रदेश फुटबल संघको आयोजनामा भएको कार्यक्रमको उद्घाटन संघका अध्यक्ष किशोर राइृले गरे ।
 
छनौट कार्यक्रमको दुई दिनसम्म चल्ने र उत्कृष्ट २८ जना किशोरीहरू छनौट गरिने र उनीहरूलाई एक सातासम्म इटहरीमै बन्द प्रशिक्षण गराइने कार्कीले जानकारी दिए ।
एक साताको प्रशिक्षणको १८ जना खेलाडी खेलाडी छनौट गरी प्रदेशको टिम बनाइने र उनीहरूले बागमतीमा अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा प्रतिस्पर्धा गर्ने कार्कीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]