• चैत १६, २०८०
  • जुनकिरी खबर

इटहरी गोल्डकपको उपाधीका लागि चर्च ब्वाईज रआर्मीसंग भिड्ने

alt

सुनसरीमा जारी १४ औँ संस्करणको अन्र्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधीको लागि चर्च ब्वाइज युनाइटेड र बिभागीय टिम त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुने भएको छ ।

इटहरी रंगशालामा बिहिबार सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक राष्टिय जागृती क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले आर्मीसंगको उपाधी भिडन्त पक्का गरेको हो । 

चर्च ब्वाइजका लागि समिर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निणर्ायक बन्यो । उनले खेलको ८९ औं मिनेटमा निणर्ायक गोल गरेका थिए । उनी खेलको म्यानअफ द म्याच समेत घोषित हुदै नगद १० हजार हात पारे ।

 गत संस्करणको उपबिजेता चर्च ब्वाइजले अब उपाधीका लागि शनिबार फाइनलमा आर्मीसंग प्रतिष्पर्धा गर्नेछ । आर्मी साबिक बिजेता सगरमाथा क्लब मोरङमाथी पेनाल्टी सुटआउटमा २-१ गोलको जीत हात पार्दै उपाधी नजिक पुगिसकेको छ । फाइनल खेलको बिजेताले नगद १० लाख रुपैया हात पार्नेछ ।

उपबिजेताले ५ लाख रुपैयामा चिक्त बुझाउनु पर्नेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]