• चैत १६, २०८०
  • जुनकिरी खबर

कोशीमा कसको नेतृत्वमा सरकार बन्ने ?

alt

कोशी प्रदेशमा नयाँ सरकार बनाउने विषयमा एमाले र माओवादीबिच नै विवाद देखिएको छ । प्रमुख दुई दलबिचको विवादकै कारण कोशीमा तत्कालै नयाँ सरकार गठन हुने सम्भावना कम हुँदै गएको छ ।

केही दिन अगाडि भएको कुराकानीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले वर्तमान सरकार एक महिनाभित्र परिवर्तन हुने दाबी गरेका थिए । ‘अहिलेको यो सरकार बढीमा एक महिनामा स्वतः परिवर्तन हुन्छ,’ उनले भनेका थिए ।

तर, केन्द्रीय सत्ता गठबन्धनकै महत्त्वपूर्ण घटक नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने तत्काल सरकार फेरबदल गर्नुपर्छ भन्ने एमालेको कुरा नै अधैर्य र अपरिपक्व रहेको बताएका छन् । उनले भने, ‘हाम्रो प्रदेशको अरु प्रदेशभन्दा फरक स्थिति छ । हामी अहिले संविधानको धारा १६८ को उपधारा ५ को सरकारमा छौँ । उपधारा ५ मा कसले पु¥याएको हो ? यो त एमालेले पु¥याएको हो नि ! माओवादीलाई सरकारको नेतृत्वमा पुग्न नदिनका लागि यो अवस्थामा एमालेले पु¥याएको हो ।’

यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने आङ्बोको भनाइ छ । उनले एमालेले चालेका विगतका कदम सम्झाउँदै भने, ‘अर्को कुरा, यो सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने संवैधानिक र कानुनी आधार के हुन् ? यो विषयमा दलहरूका साथै संविधानविद् र कानुनका जानकारहरूसँग छलफल हुनुपर्छ ।’

त्यसपछि मात्र कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निकाल्न सकिने उनको भनाइ छ । ‘अहिले उत्ताउलो र उट्पट्याङ तरिकाले सरकारको विपक्षमा र माओवादीसहित गठबन्धन दलहरू सरकारबाट फिर्ता हुनुपर्छ भनिरहेको अवस्था छ,’ उनले भने, ‘यो अधैर्यता हो र यसले राजनीतिक निष्कर्ष निस्कँदैन ।’

उनले केन्द्रमा पनि कोशी प्रदेश सरकार एमालेको भागमा परेको कुरा जानकारीमा नआएको बताए । ‘हामीले बुझेअनुसार प्रदेशको बारेमा शीर्ष नेताहरूमा समझदारी भएको बुझेका छैनौँ । ठुलो पार्टीको रुपमा एमालेको दाबी स्वाभाविक पनि हो । तर, यो प्रदेशमा एमालेले हतारो गरेर प्रदेशलाई अर्को राजनीतिक अन्यौलता र अस्थिरतातर्फ लैजाने पक्षमा हामी छैनौँ,’ आङ्बोले भने ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]