• जेठ २७, २०७६
  • जुनकिरी खबर

शेयर बजार ओरालो

alt

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ।

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ। स्टकका अनुसार कूल १७३ कम्पनीको २० लाख ७२ हजार १८२ कित्ता शेयर ६१ करोड तीन लाख १२ हजार १३ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। स्टकका अनुसार आज कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ।

विकास बैंक ४.४७, उत्पादन १५.५५ र म्युचुअल फण्ड ०.०७ बिन्दुले बढेको छ। त्यसैगरी बैङ्किङ ५.६१, होटल ३४.०६, जलविद्युत् १६.२९, वित्त ७.४९, निर्जीवन बीमा १२४.३८, अन्य ६.६१, लघुवित्त ११.४९ र जीवन बीमा ६२.४३ बिन्दुले घटेको छ। स्टकका अनुसार आज एनआइसी एसिया बैंकको चार करोड १८ लाख ५९ हजार ७८ रुपैयाँ मा कारोवार भई शीर्ष स्थानमा रहे। यस्तै शिवम् सिमेन्ट तीन करोड ९० लाख ५० हजार ४३५ रुपैयाँ, सिद्धार्थ बैंक लिमिटेड तीन करोड तीन लाख ९२ हजार ९२७ रुपैयाँ, नेपाल बैंक लिमिटेड दुई करोड ५५ लाख ४० हजार ९७१ रुपैयाँ र नविल बैंक लिमिटेड संस्थापक शेयर एक करोड ९५ लाख ५६ हजार ३०४ रुपैयाँमा कारोवार भई शीर्ष स्थानमा रहे।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]