• चैत २३, २०८०
  • जुनकिरी खबर

जथाभावी शुल्क असुल्दै इटहरीको जनता माध्यमिक विद्यालय

alt

इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयले विद्यार्थी भर्ना शुल्कको बहानामा जथाभावी शुल्क असुलेको पाइएको छ । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना शीर्षकमा प्रति विद्यार्थी तीन सय रुपैयाँ लिएको पाइएको हो । त्यति मात्रै होइन, अंग्रेजी माध्यमको अध्यापनका लागि भनेर अभिभावकबाट जबरजस्ती रूपमा १९ हजार सात सय पचास रुपैयाँ लिने गरेको पाइएको छ ।

मंगलबार विद्यार्थी भर्नाका लागि फारम लिने अन्तिम दिन रहेको र २४ गते प्रवेश परीक्षा रहेको विद्यालयमा शुल्क उठाइरहेकी कर्मचारी सरिता सुवेदी परियारले बताइन् । उनका अनुसार प्रत्येक कक्षामा दुई सय बढी विद्यार्थीले फारम भरेर भर्नाका लागि आवेदन दिएका छन् ।

 

‘हामीले एक वटा कक्षामा ४० जना मात्रै विद्यार्थी भर्ना गर्ने भनेर तयारी गरेका छौँ,’ उनले भनिन्, ‘यो तीन सय शुल्क भनेको प्रवेश परीक्षा गराउँदा हुने खर्चका लागि हो ।’

विद्यालयले सहयोग स्वरूप भन्दै अभिभावकबाट शुल्क उठाउँदै आएको छ ।

खासगरी सामुदायिक विद्यालयहरूले शिक्षाका नाममा कुनै पनि शुल्क लिन नपाउने संवैधानिक व्यवस्था भएपनि जनता माविले भने सहयोग शुल्कको रसिद छापेर अभिभावकबाट जबरजस्ती शुल्क उठाउँदै आएको छ ।

बर्सेनि अभिभावकबाट अंग्रेजी माध्यममा लिइने शुल्क भने शिक्षकको खर्च व्यवस्थापनका लागि लिइएको उनले दाबी गरिन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]