• चैत २३, २०८०
  • जुनकिरी खबर

सुनसरीको पाँच वटा स्थानीय तहमा कर्फ्यु

alt

सुनसरीमा जारी झडप पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु जारी गरेको छ। सुनसरीको हरि नगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको केही घण्टा नबित्दै कर्फ्यु लगाएको हो ।  स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम आज साँझ ५ बजेदेखि लागु हुने गरि अर्को सूचना जारी हुँदासम्मलाई प्रशासनले कर्फ्यु लगाएको हो ।   कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयलले जारी गरेको कर्फ्यु आदेशमा  अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक आबत जावत गर्न, भेला हुन, सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा र्‍याली भेला तथा प्रदर्शन कुनै पनि कार्य नगर्न नगराउन भनिएको छ ।
 
इनरुवा नगरपालिका क्षेत्र, हरि नगर गाउँपालिका क्षेत्र, देवानगंज गाउँपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यु जारी गरेको हो ।  
 
हरि नगरको भुटाह बजार बिहानैबाट तनावग्रस्त बनेको छ । शुक्रवार मध्यान्न १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि भन्दै जारी गरिएको निषेधाज्ञा साँझदेखि क्षेत्र बढाएर कर्फ्यु लगाएको हो ।  आदेश विपरीत गतिविधि गरे  स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने प्रशासनले जनाएको छ। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]