• चैत २५, २०८०
  • जुनकिरी खबर

कोशीमा सरकार गिराउने खेल सुरु

alt

कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा नेकपा एमालेले कसरत थालेको छ । आइतबार बसेको गठबन्धन दलहरूको बैठकले  गठबन्धन दलहरू बिच केन्द्रको सहमति कार्यान्वयन गरेर जाने सहमति भएको छ। 
 
संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेको  केदार कार्की नेतृत्वको सरकार  परिवर्तन गर्ने बारेमा गठबन्धनले गृहकार्य थालेको हो । प्रदेशसभा सदस्यको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई सांसदका रूपमा समर्थन गरेका सांसदहरूको समर्थन फिर्ता गराउने बारेमा कसरी अघि बढ्ने भन्ने बैठकमा छलफल भएको बैठकमा सहभागी एक नेताले बताए । 
 
आइतबार बिहान सत्ता गठबन्धन दलका नेताहरूसहितको बैठकपछि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष कार्कीलाई मुख्यमन्त्री नियुक्तिका क्रममा दिएको समर्थन सांसदकै हैसियतले फिर्ता लिएको जानकारी दिने भनिए पनि दलहरू बिचमा कुरा मिल्न सकेन ।  सोमबार बिहानसम्ममा यो विषय टुङ्गो लगाउने सहमति भएको ती नेताले जानकारी दिए ।  गठबन्धन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र  सहितको गठबन्धन दलहरूको बिचमा छलफल भए पनि एकीकृत समाजवादी दलका नेता भोजपुरमा रहेको कारण उनीसँग परामर्श गरेर मात्र कसरी अघि बढ्ने निर्णय लिइने नेताहरूको तयारी छ।   
 
आइतबार बिहान भएको एमाले र माओवादी बिचको बैठकमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले दलका उपनेता राम राना, प्रमुख सचेतक रेवती रमण भण्डारी, नेकपा माओवादीका दुर्गाप्रसाद चापागाईँ, बाबुराम गौतम र जीवन आचार्य सहभागी थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]