• चैत २५, २०८०
  • जुनकिरी खबर

इटहरीमा बिद्यालयको नयाँ भर्नाको शुल्क यस्तो हुनेछ

alt

इटहरी उपमहानगर क्षेत्रको नयाँ शैक्षिक शत्र २०८१ को भर्नाको लागि लाग्ने शुल्क इटहरी उपमहानगले निर्धारण गरेको छ । २०७६ सालको वर्गीकरण अनुसार उपमहानगरपालिकामा ‘क’ वर्गमा १४, ‘ख’ वर्गमा ४७, ‘ग’ वर्गका २१ र ‘घ’ वर्गका २ विद्यालय छन् । २०७६ साल पछि स्थापना भएका र वर्गीकरणमा छुटेका ५० विद्यालय छन् । कुल १३४ निजी विद्यालय इटहरीमा सञ्चालनमा छन् ।

 आगामी शैक्षिक सत्र २०८१ मा स्तर वृद्धिका लागि ३३ विद्यालयले प्रस्ताव पेस गरेका छन् । कक्षा थपका लागि १९ विद्यालयले प्रस्ताव पेस गरेका छन् भने ४ नयाँ विद्यालयले दर्ताका लागि आवेदन दिएका छन् । यी विद्यालयहरूको पनि अहिले अनुगमन भइरहेको शिक्षा महाशाखाले जनाएको छ । 

निजी विद्यालयहरूले आफ्नो विद्यालयको वर्गीकरण र लिइने शुल्क आफै तोक्छन् । विद्यालय वर्गीकरण फारम अनुसार आफ्नो विद्यालयका लागि आफैले अङ्क दिई आफै वर्गीकरण गर्छन् । सोही आधारमा नगर शिक्षा समिति र उपमहानगरपालिकाले पनि अनुमोदन गर्दै आएको थियो । त्यसैका आधारमा शुल्क लिँदै आएका थिए । 

शैक्षिक सत्र २०८०का लागि उपमहानगरले शुल्क स्वीकृत गरेको छ । 

वर्गीकरण अनुसार ‘क’ श्रेणीका विद्यालयहरूले नर्सरीको अधिकतम २५ सय, कक्षा १० सम्मको अधिकतम ५०००। रुपैयाँ लिन पाइने तोकिएको छ । 

यस्तै ‘ख’ श्रेणीका विद्यालयहरूले नर्सरीको अधिकतम रु १८५० र कक्षा १० सम्मको अधिकतम ३७५०। रुपैयाँ लिन पाउँछन् । ‘ग’ श्रेणीका विद्यालयहरूले नर्सरीको अधिकतम रु १२५०। र कक्षा १० सम्मको अधिकतम २५००। रुपैयाँ लिन पाउँछन् । विद्यालयहरूले यसरी शुल्क लिइरहे पनि दिनुपर्ने सेवा सुविधा, पूर्वाधार भने सो अनुसार नभएको पाइएको छ । 

पछिल्लो पटक विद्यालयहरूको अनुगमन गर्दा श्रेणी अनुसार प्रदान गर्नुपर्ने सेवा सुविधा उपलब्ध नभएको तथ्यले पनि यो कुरालाई पुष्टि गरेको छ ।

विद्यालयले लिने शुल्क नोटिस बोर्डमा सार्वजनिक गर्नुपर्छ । निजी विद्यायहरुमा शुल्क कति तिर्ने हो, अभिभावक आफै अन्योलमा परेका हुन्छन् । विद्यालयहरूले लिने शुल्क अपारदर्शी रहेको गुनासो अभिभावकहरू नै गर्छन् । 

तर निजी विद्यालयहरूले लिने शुल्क सार्वजनिक स्थानमा सबैले देख्ने गरी नोटिस बोर्डमा राख्नुपर्ने नियम छ । तर यो नियम प्राय विद्यालयहरूले पालना गरेको देखिँदैन । 

कति र कुन कुन शीर्षकमा शुल्क लिएको हो त्यो पनि स्पष्ट हुँदैन । विभिन्न शीर्षकमा शुल्क लिने गरेको अभिभावकको गुनासो छ ।  निजी विद्यालयहरूले १४ शीर्षकमा मात्र शुल्क लिन पाइने उपमहानगले जनाएको छ । तर उपमहानगरको भनाई र निजी विद्यालयहरूले लिई रहेका शुल्कमा एकरूपमा देखिँदैन । 

मासिक शुल्क, वार्षिक शुल्क, भर्ना शुल्क परीक्षा शुल्क, कम्प्युटर शुल्क, आवास, भोजन, परिवहन,शैक्षिक भ्रमण, शैक्षिक सामाग्री, विशेष प्रशिक्षण शुल्क लगायतका १४ शीर्षकमा शुल्क लिन पाइने नियम छ । 

आगामी शैक्षिक सत्रका लागि नयाँ शुल्क निर्धारण गरिने उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख द्रोण दाहालले बताए । 

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ अनुसार शुल्क निर्धारण गरिने प्रमुख दाहालले जानकारी दिए । निर्देशिका र विद्यालयको वर्गीकरणलाई आधार मानेर नगर शिक्षा समितिले शुल्क निर्धारण गर्ने उनले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]