• चैत २५, २०८०
  • जुनकिरी खबर

पूर्ण महाकुम्भ मेलाको तयारी पूरा

alt

सुनसरीको धार्मिक एवम् पर्यटकीय स्थल चतराधाममा बाह्रबर्षे पूर्ण महाकुम्भ मेलाको तयारी पूरा भएको छ ।

मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माणसहित सम्पूर्ण व्यवस्थापन पूरा भएको महाकुम्भ मेला मूल आयोजक समितिका सह-अध्यक्ष बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले जानकारी दिए ।

चैत २७ देखि वैशाख २७ गतेसम्म सञ्चालन हुने १२ बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माणसँगै सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको आयोजकले जानकारी दिएको छ ।

एक महिनासम्म चल्ने उक्त मेलामा नेपालका सुदूरपश्चिम लगायत मध्यपश्चिम र अन्य भागबाट समेत श्रद्धालुहरूको सहभागिता रहने साथै भारत, भुटान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाको उल्लेखनीय सहभागिता रहने सह-अध्यक्ष कार्कीले बताए ।

भक्तजनका लागि खाने, बाहिरबाट आउने पाहुनालाई बस्ने र बिरामी हुँदा उपचारको व्यवस्थासमेत मिलाइएको उनले बताए । ‘कुनै आपत् पर्दा २४ घण्टा नै दमकल र दुईवटा एम्बुलेन्स व्यवस्था गरिएको छ’, सह-अध्यक्ष कार्कीले भने ।

कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगत् गुरु बालसन्त मोहनशरण देवाचार्यका अनुसार मेलालाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने छन् । उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सङ्घीय सरकारका मन्त्री तथा जनप्रतिनिधीहरुलाई समेत निमन्त्रणा गरिएको जगद्गुरुले बताए ।

हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको भारतको ४ स्थानमा प्रत्येक १२ वर्षमा महाकुम्भ स्नानको मेला लाग्ने गरेको छ । नेपालको सुनसरीस्थित चतराधाम र भारतको हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमै जम्मा ५ स्थानमा १२/१२ वर्षमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठुलो मेलाका नामले चिनिन्छन् ।

पाप पखालिने र मोक्ष प्राप्त हुने जनविश्वास रहेकाले विश्वभरका हिन्दु धर्मावलम्बी यो बेलामा कुम्भ मेलामा स्नान गर्न जाने गर्छन् । ‘नेपालसहित अन्य मुलुक गरी दुई करोड हाराहारी भक्तजन आउने अपेक्षा राखेका छौ’, जगद्गुरुले भने ।

कुम्भ मेलामा भक्तजनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकहरू खटिने जगद्गुरुले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]