• चैत २७, २०८०
  • जुनकिरी खबर

हतियार देखाएर ५ लाख लुट्ने २ जना पक्राउ

alt

इनरुवा-९ बबिया चाइना स्कूल नजिक हतियार देखाएर रकम लुट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न सुनसरी भोक्राहाका उमेश मुखिया र सप्तरीका इब्रान मन्सुरी मियांलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई प्रहरीले आज सार्वजनिक समेत गरेको छ ।

पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाहरुको साथबाट १ लाख २ हजार रुपैंया र एकथान मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए ।

भण्डारीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार हतियार फायर गरी लुटपाट गर्ने मध्ये तीनजना मध्ये अर्का एक भने पक्राउ पर्न बाँकी छ । उनको खोजी भइरहेको भण्डारीले जानकारी दिए ।

२१ गते मालपोत कार्यालय इनरुवामा जग्गा बिक्री गरे वापतको रकम बोकेर घर फर्कने क्रममा हरिनगर २ का सहिरा मिया र आशिफ अन्सारी अज्ञात समूहको लुटपाटमा परेका थिए ।

घर फर्कदै गरेका हजुरआमा र नाती सवार मोटरसाइकललाई लडाएर उक्त समूहले रकम लुटेको थियो । सो क्रममा गोलीसमेत फायर भएको पीडित पक्षले बताएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]