चालू आर्थिक वर्षको एक महिनामा उपत्यकाभित्रका ४१ वटा व्यापारिक फार्मलाई कारबाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मापदण्डविपरीत व्यापारिक फार्म सञ्चालन गरेर उपभोक्तालाई ठग्दै आएका व्यापारिक फार्मलाई कारबारी गरेको हो ।
आर्थिक वर्षको साउन मसान्तसम्म विभागले ८४ व्यापारिक फार्मको अनुगमन गरी ४१ वटा फार्मलाई कारबाही गरेको विभागले जनाएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले ४१ वटा मापदण्डविपरीत सञ्चालन गरी उपभोक्ता ठग्दै आएका व्यापारीलाई ३ लाख ३७ हजार जरिमाना गरेको बताए ।
यसैगरी, गौचनले ८४ वटामध्ये २४ वटा व्यापारिक फार्मलाई स्पष्टीकरण सोधिएको बताए । उनले तीन वटा व्यावसायिक फार्मलाई सिलबन्दी गरिएको र १ वटा फार्मलाई मुद्दा दायर गर्ने सम्बन्धमा निर्णयका लागि पठाइएको बताए । उनले पाँचवटा नमुना गुणस्तर परीक्षणका लागि नमुना पठाइएको
बताए । यसैगरी, विभागले चालू आर्थिक वर्षका एक महिनामा उपत्यका बाहिर चार वटा व्यापारिक फार्मको अनुगमन गरेको छ । विभागले दुईवटा व्यावसायिक फार्मलाई कारबाही गरेको छ । मापदण्डविपरीत सञ्चालन गर्ने दुईवटा व्यावसायिक फार्मलाई १ लाख जरिमाना गरिएको विभागले जनाएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved