• वैशाख ३, २०८१
  • जुनकिरी खबर

इटहरीको प्रतिष्ठित कचना थानमा बैगुनको पुजा

alt

सिरुवा पर्व सुरु भएसँगै आज इटहरीको प्रतिष्ठित कचना थानमा बैगुनको भार चढाएर मनाइएको छ । थारु समुदायले वर्षको पहिलो महिना वैशाख भर सिरुवा पर्व मनाउँछन् । इटहरीमा लाग्ने ठुलो मेला मध्येको एक रहेको टेङ्ग्रा मेलामा कचना थानमा बैगुनको भार चढाएर मनाइएको हो । यो मेला बैगुने मेलाको रूपमा पनि प्रचलित रहेको छ । 

थारु जातिलाई इटहरीको पहिलो जाति घोषणा गरेको इटहरी उपमहानगरपालिकाले आज सार्वजनिक बिदा पनि दिएको छ । थारु समुदाय प्रति सम्मान व्यक्त गर्दै सार्वजनिक बिदा दिएको उपमहानगरले जनाएको छ ।  
 
इटहरी ४ मा रहेको कचना थान( मन्दिर)मा बैगुनको भार चढाउन सुनसरी, मोरङ,झापा,सप्तरी देखी भारतका छिमेकी जिल्लाबाट पनि आउने गरेका छन् । यो मेलामा बैगुनको भार, फूल घडा र पानसुपाडी चढाउन थारु समुदायसँगै सँगै ठुलो सङ्ख्यामा अन्य समुदायका मानिसहरू आउने गरेका छन् । 
 
यता, आज बिहानै कचना थानमा पुगेर इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पनि पूजा अर्चना गर्दै बैगुनको भार चढाएका छन् । 
 
थानमा बैगुनको भार चढाए शरीरका छाला सम्बन्धी रोग निको हुने, भाकल गरेका कुरा पुरा हुने जनविश्वास रही आएको  ग्रामथान संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए । शरीरमा आउने मुसा लगायत गाँठागुठीँ, दागहरू हराएर जाने गरेको उनले जानकारी दिए । 
थानमा पूजा गर्न साथै मेला भर्न ठुलो सङ्ख्यामा मानिसहरू पुग्ने गरेका छन् ।मेलामा जुलवी निकै प्रचलित छ । यस्तै खेलका विभिन्न सामाग्रीहरू पनि राखिएका छन् । 
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]