• वैशाख ४, २०८१
  • जुनकिरी खबर

कोशीमा एमाले माओवादीको सङ्कल्प प्रस्ताव दर्ता

alt

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेकाले राजीनामा दिनुपर्ने उल्लेख गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशसभामा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । वैशाख २५ गतेभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ । 

वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने बताइएको छ। एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक रहेको  प्रस्तावको समर्थनमा माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एमालेकै सांसद किशोरचन्द्र दुलाल समर्थक छन् ।

सोमबार संसद् सचिवालयमा दर्ता भएको सो प्रस्तावमा मुख्यमन्त्रीलाई कुनै पनि दीर्घकालीन प्रभाव पर्ने काम नगर्न आग्रह गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले यसअघि नै वैशाख ६ गतेका लागि प्रदेशसभा बैठक बोलाएका छन् । सभा बस्नु पूर्व नै एमाले र माओवादीले सङ्कल्प प्रस्ताव संसद् सचिवालयमा पेस गरेपछि मुख्यमन्त्री बिलखबन्दमा परेका छन् ।

कुनै हालतमा राजीनामा नदिने अडानमा रहेका मुख्यमन्त्री कार्कीलाई सङ्कल्प प्रस्तावले दबाब बढाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]