• वैशाख ४, २०८१
  • जुनकिरी खबर

कुम्भ नभई केवल मेला मात्र : कृष्णदास

alt

सुनसरीको चतरास्थित जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठका पिठाधीस सिद्धबाबा (कृष्णदासले) चतरामा आयोजना भैरहेको पूर्ण महाकुम्भबारे विवादित अभिव्यक्ति दिएका छन् ।

उनले कुम्भ आयोजनाका नाममा नेपाल सरकारका साथै प्रदेश सरकार र स्थानीय तहको साथ अनि सहयोगलाई बेकारको भएको बताएका छन् । उनले चतरामा जारी कुम्भलाई कुम्भ भन्न नसकिनेसमेत दाबी गरे । उनले उक्त आयोजनालाई मेलाको संज्ञा दिए । सबै साधुसन्त, महात्मालगायत हिन्दुधर्ममा आस्था राख्ने सबैको साझा थलो मात्रै कुम्भ हुने भन्दै उनले एकल व्यक्ति हाबी भै गरिएको आयोजनालाई कुम्भको नाम दिन नमिल्ने बताए ।

समाचार सङ्कलनका लागि आश्रम पुगेका सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले उक्त अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीका सचिवदेखि प्रदेशका मुख्य सचिव र स्थानीय मेयरसम्मको सहभागितामा कुम्भ समिति गठन गरिएको छ । तर, कुम्भमा हुनुपर्ने केही छैन । कुनै तयारी व्यवस्थित छैन । सबै अस्तव्यस्त छ । जसलाई कुम्भ भन्नै सकिन्न । तसर्थः कुम्भ भनेर गरिएको आयोजना कुनै पनि हालतमा सफल हुन सक्दैन ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]