• वैशाख ९, २०८१
  • जुनकिरी खबर

इटहरी उपमहानगरको ड्रेस कोड प्याब्सनले नमान्ने

alt

इटहरी उपमहानगरपालिकाको इटहरी भरिका सबै विद्यालयहरूमा एकै प्रकारको ड्रेस लागू गर्ने निर्णय कार्यान्वयनमा निजी विद्यालयहरूले अटेर गरेका छन् । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनहरुको निर्देशनमा उप महानगरको निर्णय कार्यान्वयनमा अटेर गरेका हुन् ।
 
प्याब्सनले उच्च अदालत विराटनगरमा हालेको रिट उपर  सुनुवाइ गर्दै अदालतले अन्तरिम  आदेश नहुने आदेश दिएको थियो ।अदालतको आदेस विपरीत निजी विद्यालयहरूले सर्कुलर गर्दै एकै प्रकारको ड्रेस कोड लागू नगर्न विद्यालयहरूलाई परिपत्र गरेका छन् । 
 
​इटहरीका निजी विद्यालयका छाता सङ्गठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसिएसन इटहरीद्वारा ड्रेस लागू नगर्न र शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचना अनुसार नै लिन सकुर्लर गर्दै स्थानीय सरकारका तर्फबाट कुनै शिक्षालय वा शिक्षालयमाथि कारबाही भए सङ्गठनले जिम्मेवारी लिने उल्लेख गरिएको  छ । 
 
नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ अनुसार बालबालिकाको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ । तर, इटहरी क्षेत्रमा निजी विद्यालयले चर्को शुल्क लिने गरेका छन् ।
 
उपमहानगरले भर्ना शुल्क पनि नलिन निर्देशन लिए पनि निजी स्कुलहरूले  भर्ना शुल्क पनि लिइरहेका छन् ।इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन् । जसमा ३६ वटा निजी विद्यालय रहेका छन् भने अरू निजी रहेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]