• वैशाख १४, २०८१
  • जुनकिरी खबर

महिला लिगमा कोशीको अपराजित यात्रा

alt

कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बिहीबार सम्पन्न खेलमा कोशीले लुम्बिनीलाई ३-० गोल अन्तरले पराजित गरेको हो। जारी लिगमा अपराजित रहने टोली कोशी मात्रै हो। शीर्ष स्थानमा रहेको कोशीले ४ खेलमा १२ अंक जोडेको छ।

पाँचौँ स्थानमा रहेको लुम्बिनीको ३ खेलबाट ३ अंक मात्रै रहेको छ। खेलको २३औँ मिनेटमा सञ्जुमाया तामाङले गोल गर्दै कोशीलाई शुरूआती अग्रता  दिलाएकी थिइन्।

३९औँ मिनेटमा मनिताले गोल गर्दा कोशीले खेलमा २-० को अग्रता कायम गरेको थियो। ५७औँ मिनेटमा मनिताले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्।

विभागीय टिम बाहेक ७ प्रदेश टिमले सहभागिता जनाएको राष्ट्रिय लिग छनोटमा कोसी प्रदेशले अब वैशाख १६ गते मधेस र १९ गते बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्ने टिम मेनेजर केशव कार्कीले जानकारी दिए ।

सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा कूल २१ खेल हुनेछन् । वैशाख २० गतेसम्म चल्ने छनौट खेलबाट शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।

यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]