• वैशाख १४, २०८१
  • जुनकिरी खबर

केदार कार्कीले सरकार गठनको बिषय थप किचलोमा लैजाने सङ्केत

alt

कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले सरकार गठनको बिषय थप किचलोमा लैजाने सङ्केत गरेका छन् । कोशी प्रदेश सभाबाट पारित भएको सङ्कल्प प्रस्तावले आफू अल्पमतमा परेको प्रस्ट हुँदा पनि कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले राजीनामा पनि नदिने र  विश्वासको मत पनि नलिने अडान दोहोर्‍याए पछि सरकार गठनको बिषय थप पेचिलो बनेको छ । 
 
आफ्ना निजी सचिव भूपेन्द्र खनाल मार्फत प्रदेश सभा सचिवालय र अन्य मन्त्रालयमा पत्र पठाउन लगाउँदै कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट पारित भएको सङ्कल्प प्रस्ताव नमान्ने सङ्केत गरेका हुन् । 
 
वैशाख ६ गते कोशी प्रदेश सभाको विशेष अधिवेशनमा सङ्कल्प प्रस्ताव प्रदेश सभामा टेबल भएको थियो । 
एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक माओवादी केन्द्रका प्रदेश सभा सदस्य गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलाल समर्थक रहेको सङ्कल्प प्रस्ताव वैशाख ७ गते प्रदेश सभाबाट पारित भएको थियो । 
 
५२ जना प्रदेश सभा सदस्यको समर्थनमा पारित भएको सङ्कल्प प्रस्तावको सन्देश संसद् सचिवालयले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयमा पठाएको थियो । 
सङ्कल्प प्रस्तावमा चैत्र ‘२६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफू माथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेश सभाको बैठकबाट माननीय मुख्यमन्त्री ज्यू लाई निर्देशन गरियोस् ’ भनी उल्लेख छ ।
 
सङ्कल्प प्रस्तावमा नेपालको संविधानको धारा १८८ (२) बमोजिम मुख्यमन्त्रीले वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेमा, विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा त्यस पछिका दिनमा सरकारको वैधानिकता समाप्त हुने हुँदा स्वाभाविक ढङ्गले माननीय कोशी प्रदेश प्रमुखले नेपालको संविधान बमोजिम नयाँ वैकल्पिक सरकार गठनको प्रक्रिया प्रारम्भ गर्नु हुने तथ्य प्रदेश सभाको यो बैठक प्रदेश प्रमुखलाई सन्देश प्रवाह गर्न कोशी प्रदेश सभा सचिवालय लाई निर्देशन दिने उल्लेख छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]