• वैशाख १८, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेशको खेलकुद विकास बोर्डमा बस्नेतको पुर्नवहाली

alt

उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड कोसीको सदस्य सचिवमा कृष्ण बस्नेत परशुरामलाई पुनर्बहाली गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायधिश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार साँझ कृष्ण बस्नेत परशुरामलाई पुनर्बहाली गर्न आदेश दिएको हो । उच्च अदालतको यो आदेशसँगै अहिलेका सदस्यसचिव हंसराज वाग्ले पदमुक्त भएका छन् । 
 
तत्कालीन प्रदेश नंं. १ सरकारको २०७८ चैत्र २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई पदमुक्त गर्दै ओखलढुङ्गाका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।
तत्कालीन सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई पदमुक्त गर्दै वाग्लेलाई सदस्य सचिवमा नियुत्ती गरेका थिए । उक्त निर्णय विरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको माग सहित मुद्दा दायर गरेका थिए । त्यो बेला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अहिले आएर पुर्नवहाली गर्ने आदेश दिएको हो ।
 
बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]