• वैशाख १८, २०८१
  • जुनकिरी खबर

इटहरी खानेपानी अध्यक्षमा एमालेका बस्नेत र सुब्बाको प्रतिस्पर्धा

alt

इटहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनको लागि नेकपा एमाले भित्र प्रतिस्पर्धा चुलिएको छ । परिषद् सदस्यमा एमालेको बहुमत भएपछि अध्यक्ष सहित अन्य पदाधिकारी टुङ्गो लगाउन पार्टी नेताहरू छलफलमा जुटेका छन् ।

सोमबार इटहरी नगर पार्टी कार्यालयमा बसेको बैठकले अध्यक्षका दुई दाबेदार बिचमा चुनाव गराउने सहमति गरेको छ । नगर कमिटी अध्यक्ष समेत रहेका यामकुमार सुब्बा र प्रेम बहादुर बस्नेतले अध्यक्षमा दाबी गरेपछि आन्तरिक निर्वाचनको विधि अपनाइएको हो । 

सहमतिको प्रयास सफल नभएपछि एमालेबाट निर्वाचित वडा प्रतिनिधिले मतदान गरेर विजयीलाई अध्यक्ष र पराजितलाई उपाध्यक्षमा समेट्ने गरी सहमति जुटेको हो । मङ्गलवार इटहरी पार्टी कार्यालयमा हुने निर्वाचनमा एमालेबाट निर्वाचित १३२ वडा प्रतिनिधिले मतदान गर्ने भएका छन् ।

खानेपानी संस्थाका कुल १८३ मतदाता मध्ये २ जनाको मृत्यु भइसकेको छ । १८१ मतदाता मध्ये दुईतिहाई भन्दा बढी नेकपा एमाले समर्थित छन् । वडाबाट आएका १६३ प्रतिनिधि र वर्तमान कार्यसमिति र लेखा समिति सदस्यहरूले मतदान गर्न पाउने भएका छन् ।

वर्तमान कार्यसमितिमा पनि नेकपा एमालेकै नेताहरू भएकाले इटहरी खानेपानीको नेतृत्वमा एमालेको बलियो दाबेदारी रहेको छ । अन्य पार्टीका प्रतिनिधिको सङ्ख्या अत्यन्तै कम भएकाले एमालेकै निर्णय आधिकारिक हुने भएको हो । एमाले बिचको आन्तरिक सहमतिकै आधारमा निर्वाचनको मनोनयन हुने र सोही अनुसार नयाँ कार्यसमिति आउने प्रष्ट छ ।

अध्यक्ष सहित कार्यसमिति चयनको लागि वैशाख २२ गते निर्वाचन हुँदैछ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]